जनकपुरकी युवतिहरुको फोटो हालेर 'तोरे बनेबौ घरबाली, गे जनकपुरबाली' गीत गाएपछि आक्रोस
गीतमा जातीय प्रथा दर्साउँदै जातीयताको आधार देखाउँदै उनलाई कारवाहीको चेतावनी दिएको हो ।

२०७७ फागुन २८ शुक्रबार, बेलुकी ७:४९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अहिले हाम्रो समाजले पचाउन नसकेको दोहोरो अर्थ लाग्ने जस्ता शब्दहरुले भरिको गीत र गायकको बिगबिगी चलेको छ ।
छिमेकी मुलुक भारतको बिहारमा एक गाउँका युवकले अश्लिल गीत गाएको भन्दै उनलाई अर्ध–मुण्डन गरेर गाउँभरि घुमाएको घटना सार्वजनिक भएको छ ।
यस्तै, अहिले युटुबमा हालिएको गीत तोरे बनेबौ घरबाली गे जनकपुरबाली बोलको गीतप्रति युवाहरुले आक्रोस पोखेका छन् । उनीहरुले जनकपुरकी युवतिलाई केन्द्रीत गरि गीत बनाएको भन्दै आक्रोस पोखेका छन् ।
३ दिन अघि नै युटुबमा विभिन्न च्यानलबाट अपलोड गरिएको सो गीतमा जनकपुरकी युवतिलाई केन्द्रीत गरी गीत बनाएको छ । “तोरे बनेबौ घरबाली, गे जनकपुरबाली” मैथिली भाषाको गीत गाइएको छ ।
जसको नेपालीमा तिमिलाई नै श्रीमति बनाउँछु, हेर जनकपुरबाली हुन जान्छ । गीतमा “गे” शब्द सहित खास जनकपुरकै युवतिलाई केन्द्रीत गरी गीत बनाएर गाएको सुनिएपछि समाजिक सँजालमा गायकलाई युवाहरुले खोज्न थालेका छन् ।
यो गीत पवन पुरवैया सहनी नामक युवकले गाएका हुन भने त्यो गीत सँजीत सहनीले लेखेका छन् । यो गीतको लागि सबै सेटिँग भने विजय अधिकारीले गरेका हुन् ।
नाम नखोल्ने शर्तमा एक युवकले ती गायकलाई कारवाहीको दायरामा ल्याउने बताए । गीतमा जनकमन्दिरमा लभको डोज, भूतनाथमा प्रपोज, गँगासागरमा टिकटक बनाउने जस्ता शब्दहरु समेटिएको छ ।
पवन पुरबैया अफिसियल धमाका नामक युटुब च्यानलमा अपलोड गरिएको सो अडियो भिडियोको पोस्टरमा जनकपुर मिनापकी नृत्याँगना सुनिता पासवान सहित टिकटकमा देखिने मधु जयसवाल नामक युवतिको समेत फोटो हालिदिएका हुन् ।
युटुबमा अपलोड गरिएको सो अडियो गीतको पोस्टरमा राखिएको विजय यादव नामक व्यक्तिको मोबाईल नम्बर 9824813846 मा सम्पर्क गर्दा सम्पर्क भने हुन सकेनन् ।
केही दिन अघि मात्र भोगिन्द्र शर्मा नामक गायकले छौरी करेलक चमरटोलीमे माईर बोलको गीतप्रति वाईसीएलका नेता अनिल कुमार पासवानले गायक र गीतकार सहित उनको टिमलाई नै अर्ध–मुण्डन गरी बजार घुमाउने चेतावनी समेत दिएको हो ।
गीतमा जातीय प्रथा दर्साउँदै जातीयताको आधार देखाउँदै उनलाई कारवाहीको चेतावनी दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…