असई मिश्राले गरे तस्करीको लाईन खुल्ला ,एसपी पाण्डे मौन
उनीहरुले भारत र नेपालको पोखरिया, महुवन ,बिरगंज ,जितपुर,रंगपुर लगायतको ठाउँमा तस्करीको समान लगिरहेका छन।

२०७७ फागुन २६ बुधबार, बेलुकी ७:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्साको सिमावर्ती बुढगाई नाका भएर व्यापक मात्रामा तस्करी भईरहेको छ।
प्रहरी चौकी बुढगाईको साईड बाटो भएर भारतको सिकटा बजारबाट अबैध रुपमा भन्सार छली नेपालको बुढगाई प्रहरी चौकीले खुल्याम बिहान र रातीको समयमा भारतिय सिकटा,सडकियाटोला ,मिलपर्सा बलथर , र नेपालको भिस्वा, जयमंगलापुर,तुल्सीवर्वा,लंगडी,पोखरिया,हरिहरपुर बिर्ता,भेडिहारी लगायतको ठाउँको तस्कर हरुको मिलोमतोमा व्यापक तस्करी भईरहेको छ।
सिकटा बजार बाट कपडा,कस्मेटिक ,चिनी ,खानेतेलब्रान्ड , धान, भारतिय चपल , र किराना समान र नेपालको भिस्वा,बुढगाई बाट नेपाली कस्टमेटिक ,मोटर, लवग,लाईची,छोहडा,मरिच,सुपरीडराम ,सेव र रक्सीको तस्करी व्यापक भइरहेको छ ।
तस्करहरु मोटरसाईकल ,साईकल र पैदल टाउकोमा लिएर नेपालमा भित्रयाएर नेपालको भिस्वा र बुढगाई जयम्ंगलापुरमा लयाई पठाउने मोटरसाईकलमा लोड गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी र भारतिय प्रसाशनहरुलाई नाजराना दिने गरेको बुझिएको छ ।
उनीहरुले भारत र नेपालको पोखरिया, महुवन ,बिरगंज ,जितपुर,रंगपुर लगायतको ठाउँमा तस्करीको समान लगिरहेका छन।
बुढगाई प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुन्दर कान्त मिश्राले सडकियाटोला भएर खुल्याम नाजराना असुली रहेको छ। रातीको बखतमा ब्यपाक तस्करी शुचारु गराएका छ। उचअधिकारी हरु सो स्थानमा नजरपुगदैन भन्दै तस्कर हरुको लाईन खोलेको छ।
प्रहरी ईन्चार्ज मिश्राले नेपाल भारतको तस्कर हरु संग महिनवारी र कतिपै तस्करहरुसंग प्रति तस्करहरु संग प्रतेक नाईट ५ हजार देखि १० हजार समम लाईन लिएको स्रोतले जनाएका छन।
सिमामा रहेको भिस्वा,र बुढगाई नाकामा काम गर्न तस्कर हरु संग जिल्ला प्रहरी कार्यलय पर्सा र प्रदेश नं २ प्रहरीको नाउमा समेत नाजराना उठाउने गरिरहेको छ।
दिनहु लाखौको भारतिय समानहरु अबैध रुपमा भंसार राजस्व चुहावट गरि नेपाल भित्रयाउने गरिएको मा प्रहरीका उचअधिकारी हरुले मौन बसेका छन।
बाटोमा रहेको बंजारी प्रहरी चौकी ७ हजार, बिरंचीबर्वा ईलाका प्रहरी कार्यालयले ५ हजार सबैठवा ७ हजार उठाउने गरिरहेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
राजन कुमार बानिया
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…