मधेश सरकारको अध्यादेश प्रदेश प्रमुख अहिराजले गरे फिर्ता !
प्रदेश प्रमुख अहिराज केही दिन अघि मात्र प्रदेश नम्बर २ को लागि प्रदेश प्रमुखको कार्यभार सम्हालेका छन् ।

२०७७ फागुन २६ बुधबार, दिउँसो १:५१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराजले मधेश सरकारले पठाएको दुई अध्यादेश फिर्ता गरिदिएका छन् ।
बुधबार प्रदेश नम्बर २ को सरकारले प्रमाणिकरणको लागि पठाएको दुई अध्यादेशलाई फिर्ता गरेका हुन् । यसअघि कैयौं विद्येयक पारित मधेश सरकारले गरिसकेका छन् ।
नव नियुक्त प्रदेश प्रमुख राजेश अहिराजले मधेश सरकारबाट गएको स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाई टेबुलबाट फिर्ता गरिदिएका हुन् ।
सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनाएको विधेयक पारित गराएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । विद्येयक हेरेपछि प्रदेश प्रमुख अहिराजले त्रुटि देखाउँदै पुनः पेश गर्ने गरी फिर्ता पठाएको बुझिएको छ ।
प्रदेश प्रमुख अहिराजले मधेश सरकारबाट पेश गरिएको सो विधेयकमा मातृत्व सुरक्षा लगायतका विषय वस्तुहरु नसमेटिएको भन्दै आवश्यक सुझाव सहित परिमार्जन गरेर ल्याउन भन्दै प्रदेश प्रमुखले फिर्ता गरिदिएका हुन् ।
त्यसैगरी प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो । सो विधेयकमा किसान लगायतकाहरुलाई पदक दिने व्यवस्था नगरिएको भन्दै सुझाव सहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…