जनकपुरः डिपोका हाकिम मनोज साहले बोर्डरमै रोकाए ४ टयाँकर, अध्यक्ष यादव पक्राउ
चालकहरुले टयाँकर चेकिँग गरी टयाँकर छुटाउन आग्रह गरेपछि अध्यक्ष जोगी यादवलाई पक्राउ गर्न लगाएको भन्दै आक्रोसीत बनेका छन् ।

२०७७ फागुन २५ मंगलबार, राति ८:५८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल आयल निगमको धनुषाको महेन्द्रनगर डिपोका हाकिम मनोज साहले डिजल बोक्ने ४ वटा टयाँकरलाई जबरदस्ती रोकाएपछि टयाँकर चालकहरु आन्दोलित भएका छन् ।
महेन्द्रनगर डिपो प्रमुख साहले टयाँकर चालकहरुलाई तेल चोरी गरी भारत पठाएको आरोप लगाउँदै टयाँकर नेपाल भारतको बोर्डरमै रोकाएपछि चालकहरु आन्दोलित भएका छन् ।
मँगलबार महेन्द्रनगर डिपोमा गएका टयाँकर चालक सहित टयाँकर चालकहरुको अध्यक्ष जोगी यादवलाई समेत पक्राउ गरिएपछि चालकहरु झन आक्रोसित बनेका छन् ।
डिपो प्रमुख मनोज साहले मनमर्जी टयाँकर रोकाएर बोर्डरमै थन्काएको आरोप टयाँकर चालकहरुको रहेको छ । “हाकिम साहबले टयाँकर जानलाई केही ढिलो भएपछि भन्सारमा फोन गरी टयाँकर रोकाइदिएको छ । विगत ४ दिनदेखि टयाँकर त्यही छ ।”– चालक सुशिल सिँहले बताए ।
गत शुक्रबार हाकिम साहले दिउँसो करिब ३ बजेमात्र डेलेभरि कागज दिएपछि यहाँबाट जानमा ढिलाई भएपछि नगएको बताउँदै सिँहले आईतबार भारतमा विदा हुने गरेकोले शनिबार नगएपछि हाकिमले टयाँकर नै रोकाइदिएको आरोप लगाए ।
बोर्डरमा डाक्टरले ३ बजेपछि पिसिआर रिपोर्ट समेत नदिने गरेको जनाउँदै चालक सिँहले समय अभाव भएपछि आईतबार टयाँकर लग्न खोजेपछि बोर्डरमा पुग्ने बित्तिकै पक्राउ गरी थन्काइएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…