अदालतको फैसला मान्छौँ : प्रधानमन्त्री ओली
अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्केका थिए ।

२०७७ फागुन २३ आइतबार, बेलुकी ५:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उहाँले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्केका थिए । अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अहिलेसम्म शुरु भएको छैन ।
सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…