प्रधानमन्त्रीको बहिरगमनले मात्र देश निकास पाउँछ : उपेन्द्र यादव
प्रधानमन्त्री विरुद्ध अविश्वास राखेर उनलाई बर्हिगमन गरे देशले निकाश पाउने बताए ।

२०७७ फागुन २३ आइतबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको बहिरगमनपछि मात्र देश निकास पाउने बताएका छन् ।
प्रधानमन्त्रीले सँविधानलाई पैतालामुनि कुल्चेर गरेको राजनीतिक “कु” को प्रयास देशको लागि जटिलता उत्पन्न गरेको भन्दै उनले अब प्रधानमन्त्री ओलीको बर्हिगमनले मात्र देश निकास पाउने धारणा राखे ।
न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको बहिरगमनको लागि अन्य दलहरुको मोर्चाबन्दी आवश्यक रहेको बताए ।
प्रधानमन्त्री विरुद्ध अविश्वास राखेर उनलाई बर्हिगमन गरे देशले निकाश पाउने बताए । सँविधानलाई मिचेर गरेको निर्णयले भएको राजनीतिक उथलपुथलले देशलाई अझै पछि धकेलिएको बताउँदै उनले अबको निकास ओलीको बर्हिगमनबाट मात्र हुने थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…