जनकपुरः आफ्नै घरमा झुण्डिएको अवस्थामा महिला मृत फेला !
आफ्नै घरमा छतबाला पँखा (सेलिँग फ्यान) मा घाँटीमा तन्नाको पासो बेरिएको अवस्थामा फेला परेको हो । साह झुण्डिरहेको अवस्थामा फेला परेको हो ।

२०७७ फागुन २२ शनिबार, बेलुकी ७:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरदेखि केही किलोमिटरको दुरीमा रहेको धनुषाको रघुनाथपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर टोल स्थित आज विहानै एक महिला आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुर बस्ने स्थानीय दिपनारायण साह (स्वर्गीय) की ५५ बर्षिय श्रीमित बिमला देवी साह शनिबार बिहान आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेको हो ।
शनिबार बिहान अबेरसम्म नउठेपछि ढोका खोल्दा मृत अवस्था भेटिएको जनाइएको छ । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले भने स्थानीयले जानकारी गराएको आधारमा प्रहरी पुगेर घटनास्थलको मुचुल्का गरेको बताएको छ ।
आफ्नै घरमा छतबाला पँखा (सेलिँग फ्यान) मा घाँटीमा तन्नाको पासो बेरिएको अवस्थामा फेला परेको हो । साह झुण्डिरहेको अवस्थामा फेला परेको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरी नीरिक्षकको नेतृत्वमा खटि गएको टोलीले घटनास्थलको मुचुल्का उठाएर मृतकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याएको जनाए ।
यता, स्थानीयहरुले मृतक बिमला साह कुनै पनि हालतमा आत्महत्या गर्न नसक्ने प्रतिक्रिया दिएको छ । माओवादी द्धन्द्धकालमा श्रीमान मरेपनि बाँचेकी बिमला सरकारी निकायको कर्मचारी भएर आत्महत्या गर्न नसक्ने बताएका छन् ।
उनको शरिरमा विभिन्न ठाउँमा नीलडाम समेत देखिएको स्थानीयहरुले जनाएपनि जिल्ला प्रहरी कार्यालय धनुषाले भने पोष्टमार्टमको रिपोर्टपछि मात्र यथार्थ भन्न मिल्ने प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…