गायक रुद्रसेनको 'आबन बैठ भट्भटिया पऽ' सार्बजनिक (भिडियो सहित)
लगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।

२०७७ फागुन २२ शनिबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली, भोजपुरी, मैथिली लगायत विभिन्न भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा राम्रो नाम कमाईसकेका लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको मैथिली गित “आबन बैठ भट्भटिया पऽ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक रुद्रसेनकै शब्द, सङ्गीत रहेको छ ।
निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको यस नेपाली मैथिली भिडियो एल्वम प्रीतके बन्धन को दोस्रो नम्बरमा रहेको आबन बैठ भट्भटिया पऽ गीत लाई निर्देशक मा खप्पिस चर्चित निर्देशक प्रदीप कुमार रसाइलीको निर्देशनमा तयार पारिएको यस भिडियोमा नबिन गिरीले छायांकन गरेका छन् ।
म्युजिक भिडियो रुद्रसेन बिश्वकर्मा, लजिना सुबेदी, लिजा कौसल, पुजा ठाकुर, माहि खान, रोजिना क्षेत्रि र सबिका भट्टराईलाइ फिचर्ड गरिएको छ। भिडियोको अन्तिममा निर्मात्री सविना लाइ पनि दमदार भूमिकामा ईन्ट्री गराएको छ ।
भिडियो गायक रूद्रसेन विश्वकर्माकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । तराइका चर्चित ६ जना मोडलहरुलाइ एकै पटक भिडियोमा ल्याएका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्।
लगातार एक पछि अर्को भिडियो नेपाली सांगीतिक क्षेत्रमा पस्कन सफल गायक बिश्वकर्मा भर्सटायल गायकको रुपमा समेत परिचित छन्।
भिडियो हेर्नुहोस :
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…