सर्लाहीको चन्द्रनगरमा प्रदर्शन ,१३ राउण्ड आँसु ग्यास प्रहार ,९ जना घाईते !
त्यस्तै वडा नम्बर ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं। २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।

२०७७ फागुन २१ शुक्रबार, राति ८:५३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं.२ स्थित सार्न खोजेको भन्दै स्थानिय, नेपाली काँग्रेस र नेकपाका कार्यकर्ताहरु संयुक्त रुपमा मिलि तालाबन्दी गरी प्रदर्शन गरेपछि प्रहरीले लाठि चार्ज तथा १३ राउण्ड आशु ग्यास छोर्दा केहि ९ जना घाईते भएको नेपाली काँग्रेसका भुतपूर्व सभापति सत्यदेव सिंह दनुवारले जनाएको छ ।
प्रहरीले एकाएक स्थानिय उपर आसु ग्यास र रबरको गोली चलाएर दमन गरेको भुतपूर्व सभापती दनुवारले बताए । अहिले चन्द्रनगरको अवस्था तनावग्रस्त रहेको छ ।
प्रदर्शनकारीहरु गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु टुट्टा छुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धि प्रावधान कार्यन्वयन गर्नुपर्ने लगायतको माँग गर्दै चर्को नाराबाजी गर्दै प्रदर्शन गरिरहेको नेपाली काँग्रेसका नेता श्याम सुन्दर सिंहले बताए ।
"गाउँपालिका अध्यक्ष महेन्द्र महतो गाउँपालिका सार्न पटक पटक सोच बनाएको र आज पुरा पनि भयो ।" गाउँपालिकामा कार्यरत कर्मचारीहरुले कार्यालयमा रहेको कागजपत्रहरु तथा मेशनरी समान सारेको हुदाँ आफुहरुले हेरेपछि नियन्त्रणमा लिई तालाबन्दी गरी प्रदर्शन गरेको वडा नं. ६ का स्थानिय चेतनारायण मुखियाले बताए ।
त्यस्तै वडा नम्बर ७ का अर्का स्थानिय दिपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महतो वडा नं. २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…