ओलीलाई दुई तिहाई बहुमतको आभास दिलाउने यादव र महतो : गगन थापा
फागुन २१ गते बस्ने काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्न प्रतिनिधि सभाको बैठकमा प्रस्ताव लैजाने बताए ।

२०७७ फागुन २१ शुक्रबार, राति ८:०४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । नेपाली काँग्रेसका पूर्वमन्त्री एवम् नेता गगन थापाले प्रधानमन्त्री ओलीलाई उपेन्द्र यादव र राजेन्द्र महतोले मिलेर दुई तिहाई बहुमत पुरयाएको बताएका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर २ बबरगन्ज स्थित भोर नेपालका संस्थापक अध्यक्ष समाजिक अभियन्ता राजकुमार महतोको आफनै निवासमा सम्पन्न भएको कार्यकता भेटघाट कार्यक्रममा उनले सो कुरा बताए ।
नेपाली काँग्रेसका कार्यकर्तासंग भेटघाट गर्दै नेपालको समृद्वि र विकासको लागि देशमा आजको आवश्यकता नेपाली काँग्रेसको नेतुत्व रहेको बताए ।
सत्ताधारी सरकारको रवैया र आपसी मतभेदका कारण देशमा हत्या, हिंसा, बलत्कार र भ्रष्टाचार मौलाउदै गएको, दुई तिहाईको सरकारले आम नागरिकहरुलाई गरेको समृद्वि, सुशासन, विकास र शान्तिको प्रत्याभूति लगायतका वाचामा ठाडो उभिन नसक्दा देश दुर्घटना ग्रस्त भएको र त्यसको परिमाणस्वरुप नेपाली जनता चरम गरिबी, अशिक्षा, बेरोजगारी र विभेदको चपेटामा फस्नुको साथै देशको दशकौ पछाडी धकेलिएको बताए ।
नेपाल कम्यूनिष्ट पार्टीले दुई तिहाई बहुमत पाएका छैन, दुई तिहाईको बहुमत प्राप्त गरेको अभास दिलाउने काम ओपेन्द्र यादव नेतुत्वको समाजवादी पार्टी ले गर्यो ।
त्यो बेला मधेसबाट गएको पार्टीले केपी शर्मा ओलीको ताकत नबनिदिएको भए, एकपछि अर्को संघियता विरोधी काम गर्ने काम कम्यूनिष्ट सरकारलाई साथ नदिएको भए संविधान विरोधी काम गर्ने प्रधानमन्त्रीको दुशाहष हुने थिएन ।– उनले भने ।
प्रधानमन्त्री पुष ५ गते संसद विघटन गर्ने निर्णय गरिरहदा र त्यसपछि धमाधम संविधान विपरीत र लोकतन्त्र विरोधी काम गरिरहदा माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल को योगदान रहे जस्तै ओपिन्द्र यादव, राजेन्द्र महतो को योगदान रहेको आरोप लगाए ।
फागुन २१ गते बस्ने काँग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्न प्रतिनिधि सभाको बैठकमा प्रस्ताव लैजाने बताए ।
प्रतिगमनका मतियारका रुपमा चिनिएका प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार नरहेको कारण नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा बैठकमा राजिनामा माग गर्ने बताए ।
असंवैधानिक बाटोमा लागेका प्रधानमन्त्रीको राजिनामा काँग्रेसको न्यूनतम माग हुन्छ ,यसमा कुनैले पनि दलले ओलीलाई छुट दिनु सक्दैन थापाले भन्नुभयो । नेपाली काँग्रेसले संसदमा प्रतिपक्षीको भुमिका राम्रोसँग निभाउनु नसक्दा अहिले अवस्था आएको बताउँदै यसको भागिदार नेपाली काँग्रेसले पनि लिनुपर्छ थपे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…