युवा नेता यादवले गरे दाईजोमुक्त विवाह
दहेज मुक्त समाज बनाउने सोच राखेका यादवले आफैबाट दहेज नलिई यो अभियानको सुरुवात गरेका बताए ।

२०७७ फागुन २० बिहीबार, बिहान ७:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा युवा नेता हेमन्त यादवले बिना दाईजोको आदर्श बिवाह गरेका छन्।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ निवासी बिर नारायण यादवको छोरा हेमन्त यादवले धनुषाको धनुषाधाम नगरपालिका –६ हरिपुर निवासी उमेश यादवकी छोरी निर्मला यादवसंग बिना दाईजो बिवाह गरेका छ्न।
गत फल्गुन ९ गते आईतवार दिन धनुषाको धनुषाधाम नगरपालिका ६ हरिपुर मालटोल निवासी उमेश यादवको छोरी सुस्मिता यादवसंग आदर्श बिवाह गर्दै र दाइजो प्रथालाई चुनौती दिदै बिना दाईजोको आदर्श विवाह गरेका छन् ।
दहेज मुक्त समाज बनाउने सोच राखेका यादवले आफैबाट दहेज नलिई यो अभियानको सुरुवात गरेका बताए ।
तराईमा जडो गाडेको दाइजो प्रथालाई चुनौती दिदै बेहुला हेमन्त यादवले स्वघोषणा आदर्श विवाह गरेका हुन् ।
तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवा समेतले विवाहमा दाइजो प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे युवाको दाइजो मोह र दाइजो मागले समाज अक्रान्त बनिरहेको बेलामा नेपालि काङ्ग्रेस धनुषा निर्वाचन क्षेत्र १ (ख) तरुण्दलका प्रदेश अध्यक्ष पदमा रहेका बेहुला हेमन्त यादवले आदर्श विवाह गर्नाले समाजमा सकारात्मक संदेश प्रवाह हुनुका साथै दाइजो प्रथा न्यूनीकरणमा ठोस कदम चालिएको स्थानीयहरुले बताएका छन् ।
तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्ने परम उद्देश्यले हामी आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका र यसलाई निकट भविष्यमा निरन्तरता दिलाउने संकल्प लिएको उनले बताए ।
उनले भने–“प्रत्येक युवाले तराई मधेशमा रहेको दाइजो प्रथालाई न्यूनीकरण गर्नका लागि सकारात्मक एवं रचनात्मक भूमिका खेल्नु अपरिहार्य रहेको महसुस गरेको हामी तपाईंको सहयोगले हाम्रो समाजमा रहेको विधमान कुरिती, कुसंस्कृती, अन्धविश्वास र असमानता बिस्तारै न्यूनीकरण भएर जाने विश्वास लिन सकिन्छ् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…