जनकपुरः नालामा एक व्यक्तिको लास
उनको मृत्यू मदिरा सेवन वा अन्य कारणले भएको हुन सक्ने बताउँदै उनको पोष्टमार्टमपछि यथार्थ आउने प्रहरीले जनाएको छ ।

२०७७ फागुन १६ आइतबार, दिउँसो ४:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमै रहेको कुम्रौडाको नालामा एक पुरुषको लास फेला परेको छ ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७ कुम्हरौडामा अन्दाजी बर्ष ४० को एक पुरुषको लास नालामा भेटाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
लास स्थानीय ४० वर्षीय ललन महरा रहेको प्रहरीले जनाएको छ । आईतबार जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत कुम्हरौडा नजिक सडक छेउको नालामा उनी मृत फेला परेका हुन् ।
स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए । बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मृतक रामको शव मुचुल्का गरि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनको मृत्यू मदिरा सेवन वा अन्य कारणले भएको हुन सक्ने बताउँदै उनको पोष्टमार्टमपछि यथार्थ आउने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…