शर्टको कालर समातेर पैसा असुल्दै प्रहरी असई सिँह
अनिल सिँह ईन्चार्ज रहेको सो प्रहरीचौकीको १० मिटर अगाडीमै अवैद्य मदिरा भठ्ठी र पसल रहेको छ । सो क्षेत्रमा रहेको भठ्ठीबाला तथा मदिरा पसलहरुबाट महिनबारी रकम असुल गर्दै आएको एक स्थानीयले आरोप लगाए ।

२०७७ फागुन १५ शनिबार, दिउँसो ४:१८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक प्रहरी चौकीका ईन्चार्जले आम नागरिकबाट अवैद्य असुलीको दृष्टिकोणले सुरक्षा जाँच भन्दै अवैद्य रकम उठाउने गरेको खुलेको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयबिघा स्थित रहेको प्रहरी चौकी उमाप्रेमपुरका ईन्चार्ज एवम् असई अनिल सिँहले नागरिकलाई अनाहकमा दुःख दिने गरेको गुनासो नागरिक स्तरबाट गरिएको छ ।
अवैद्य रुपमा असुली गर्ने भन्दै एकाविहानैदेखि असई अनिल सिँहले गाउँमा सुरक्षा जाँच भन्दै कागजपत्र भएको अवस्थामा अवैद्य असुली गर्ने गरेको स्थानीय एक जनाले नाम नखोल्ने शर्तमा बताएका छन् ।
सवारीको कागजपत्र, सवारी चालक अनुमति पत्र, बिलबुक वा हेल्मेट नलगाएको खण्डमा कानुनी कारवाही गरी तोकिएको जरिवाना तिर्नुपर्ने भएपनि ईन्चार्ज सिँहले एउटा नै बिल नकाटेर रकम मात्र लिने गरेको बताइएको छ ।
“शान्ति सुरक्षा नियन्त्रण गनुपर्ने प्रहरी आफैं नै स्थानीयलाई उपद्र गर्छ भने आम नागरिकले सुरक्षाको अनुभुती कसरी गर्ने हो ?” एक पीडितले न्यूज ब्यूरोसँग भने ।
इन्चार्ज अनिल सिंहले विभिन्न समयमा बिनाकारण स्थानीयलाई उपद्रो गरेको आरोप लगाएको छ । नौयसविघाको बीच गाउँमै रहेको सो प्रहरी चौकी चोकमै रहेको छ । एका बिहानै उठेर ईन्चार्ज सिँहले सोही ठाउँमा वा पूल पारी गएर चेकजाँचको नाममा असुली गर्ने गरेको आरोप लगाइएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…