जनकपुरः मोटरसाईकल दुर्घटना हुँदा दुई युवक गम्भिर !
तीव्र गतिका कारण मोटरसाईकल चिप्लेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।

२०७७ फागुन १२ बुधबार, राति ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को महोत्तरीमा मोटरसाईकल दुर्घटना हुँदा दुई युवक गम्भिर घाईते भएका छन् ।
बुधबार साँझ करिब ७ः१५ बजेको समयमा जलेश्वरको क्याम्पस नजिकै मोटरसाईकल दुर्घटना भएपछि नाम नखुलेको युवकको अवस्था गम्भिर भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वर स्थित रहेको क्याम्पस भन्दा केही पर रहेको पूल र नहरको बीचमा साँझ ज १० प ८१७२ नम्बरको मोटसाईकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएलगत्तै दुई युवकको अवस्था गम्भिर भएको र उनीहरुको उपचारको लागि जलेश्वर स्थित रहेको जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सो दुर्घटनामा घाईते हुने जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवारामपुरको रहेको प्रहरीले जनाएको छ । एक जना युवकको नाम अजय ठाकुर रहेको छ भने अर्काको नाम अझै खुल्न सकेको छैनन् ।
दुवै जनाको अवस्था गम्भिर रहेको छ र उनीहरुको उपचार अहिले अस्पतालमा भइरहेको छ । एक जनाको अवस्था नाजुक रहेकोले थप उपचारको लागि बाहिर लैजानुपर्ने अवस्था देखिएको बताइएको छ ।
तीव्र गतिका कारण मोटरसाईकल चिप्लेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…