प्रदेश २ : अब राती १० बजेपछि डिजे बजाउन नपाउने, हरन निषेध !
विवाह, व्रतवन्ध, जन्मदिन, पूजाआजा, साँस्कृति कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा राती १० बजेदेखि विहान ६ बजेसम्म डिजे नै बजाउन नपाउने गरी सम्पूर्ण गाउँलेहरुले निर्णय गरेको हो ।

२०७७ फागुन ११ मंगलबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को एक पालिकाको एक वडाले राती १० बजेपछि डिजे वा कुनै पनि लाउण्डस्पीकर बजाए कारवाही गर्ने सूचना प्रकाशित गरेको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर ४ खजुरी चन्हामा राती १० बजेपछि डिजे बजाए डिजे जफत गरिने जनाएको छ । प्रहरीको सहयोगमा डिजे बाजा नियन्त्रणमा लिएर डिजेबालालाई समेत कारवाही गर्ने वडाध्यक्ष हरिचन्द्र कामतले जनाएको छ ।
वडाध्यक्ष कामतको अध्यक्षतामा बसेको वडास्तरीय सर्वदलिय बैठकबाट गाउँलेहरुको निर्णयले राती १० बजेपछि डिजे बजाउन नपाउने निर्णय गरेको हो । यसका साथै, चर्को साउण्डमा डिजे बजाए पनि कारवाही गर्ने जनाइएको छ ।
वडा कार्यालयले एक सूचना जारी गर्दै डिजे बजाएपनि मधुर साउण्डमा मात्र बजाउन पाउने तथा छरछिमेकलाई कुनै असर नहुने गरी मात्र बजाउन पाउने सूचनामा उल्लेख छ । राती १० बजेदेखि विहान ६ बजेसम्म कुनै पनि कार्यक्रमको लागि डिजे निषेध गरिएको हो ।
विवाह, व्रतवन्ध, जन्मदिन, पूजाआजा, साँस्कृति कार्यक्रम लगायत कुनै पनि कार्यक्रममा राती १० बजेदेखि विहान ६ बजेसम्म डिजे नै बजाउन नपाउने गरी सम्पूर्ण गाउँलेहरुले निर्णय गरेको हो ।
चर्को साउण्डका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको भन्दै व्यापाक आलोचनापछि वडाध्यक्ष कामतले सम्पूर्ण गाउँवासीको सहमतिमा सो निर्णय गरिएको जानकारी दिए । यसका साथै, माथि झुण्डयाउने हरण (होर्न) अनिवार्य नै नबजाउन पाउने उल्लेख गरिएको छ । हर्नको साउण्ड टाढा टाढासम्म जाने गरेको भन्दै हर्न निषेध गरिएको हो ।
सो नियम कार्यन्वयन गराउनको लागि ईलाका प्रहरी कार्यालय खजुरीलाई समेत पत्राचार गरेको हो । ईलाका प्रहरी कार्यालय खजुरीले समेत यसलाई निगरानी गरी निर्णय कार्यन्वयनमा मदत गर्ने प्रतिवद्धता जनाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…