सिरहाको गोलबजारमा घुमुवा 'सँतोष कटवाल' को असुली धन्दा जारी
घुमुवा कटवालको अवैद्य असुलीबारे जिल्ला प्रहरी कार्यालय सिरहाले समेत जानकारी पाएपनि अझै कुनै कारवाही अगाडी बढाउन सकेको छैनन् ।

२०७७ फागुन ७ शुक्रबार, बिहान ९:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्ला गोलबजार स्थित ईलाका प्रहरी कार्यालय गोलबजारका घुमुवा प्रहरी सँतोष कटवालको अवैद्य असुली धन्दा अझै जारी रहेको छ ।
केही दिनअघि मात्र गोलबजारमा सँचालित केही होटल तथा लजबालाहरुसँग महिनाबारी (मासिक रकम) उठाउनेमा नाम आएको कटवालले अझै अवैद्य असुलीको धन्दालाई तीव्रता नै दिएको छ ।
गोलबजारमा सँचालित केही होटल तथा लजमा खुल्लेआम यौनधन्दा सँचालन गर्न दिने वापत ईलाका प्रहरी कार्यालय गोलबजारका घुमुवा सँतोष कटवालले मासिक रुपमा रकम लिँदै आएको खुलासा भएको थियो । सो पश्चात जिल्ला प्रहरी कार्यालय सिरहाको टिम स्वयंम पुगेर छानबिन गरेपछि उनको अबैद्य असुलीको बारेमा थाहा पाएको थियो ।
विगत ८ बर्षदेखि एउटै ईलाकामा बस्दै आएका घुमुवा कटवालले गोलबजार स्थितको मनोज होटलसँग महिनावारी लिएको भनेर मनोज होटलका सँचालक राजु साहले खुलाएका थिए । न्यूज ब्यूरोको स्टीँग अपरेशनको क्रममा सँतोष कटवालले लकडाउनको अवधीमा पनि २६ हजार रुपैयाँ लिएर गएको खुलाएको थियो ।
“सँतोष कटवाल ईलाका प्रहरीमा विगत ८ वर्षदेखि निरन्तर बस्दै आएको छ । यो एरियाको सबै तस्कर, व्यापारी, होटल, लजबालासँग सेटिँग गर्ने भनेको सँतोष नै हो । ईलाकामा नयाँ ईन्सपेक्टर आउँदा सबै सेटिँग मिलाउने भनेको सँतोष नै हो । एउटा यही मात्र घुमुवा हो जो की ८ बर्षदेखि यहीको यही छ ।”– एक व्यापारीले नाम नखोल्ने शर्तमा बताए ।
गोलबजार सहित आसपासका क्षेत्रका व्यापारीहरु सँतोष कटवालबाट आजित भएको बताइन्छ । घुमुवा कटवालले गोलबजारको प्रायः अधिकांश बढी होटेल, लजबाट महिनाबारी रकम उठाउने एक होटल सँचालकले बताए ।
घुमुवा कटवालको अवैद्य असुलीबारे जिल्ला प्रहरी कार्यालय सिरहाले समेत जानकारी पाएपनि अझै कुनै कारवाही अगाडी बढाउन सकेको छैनन् । यसअघि जिल्ला प्रशासन कार्यालय सिरहाले समेत यौनधन्दा सँचालनको खवर बारे एक्सन लिएको भएपनि अहिले मौन बसेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…