भारतभन्दा नेपालमा पेट्रोल सस्तो, पेट्रोल भराउन नेपाल आउँछन् भारतीयहरु
सीमामा खटेका भारतीय सेना (सिआरपी) ले भारतबाट तेल तस्करीको लागि गाडीहरु नआएपनि गैलन, ड्राममा हालेर पेट्रोल र डिजल भारततर्फ लैजान गरेको छ ।

२०७७ फागुन ६ बिहीबार, बेलुकी ५:०८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी मुलुक भारतमा पेट्रोलको मूल्य बढदै गएपछि अहिले भारत विहार राज्यका सर्वसाधारणहरु नेपाल आउन थालेका छन् ।
भारतमा लगातार पेट्रोलको मूल्य बढेपछि नेपाल–भारत सीमा क्षेत्रमा बसोबास गर्ने भारत बिहार राज्यका जनताहरु नेपालको पेट्रोल पम्पमा पेट्रोल भराउन आउन थालेका छन् । सीमासँगै रहेका नेपालको विभिन्न ठाउँको पेट्रोल पम्पमा भारतीयहरु आउन थालेका छन् ।
नेपाल सरकारले कोरोनालाई मध्यनजर गर्दै नेपाल–भारतको विभिन्न ठाउँको नाका बन्द गरेपनि मोटरसाईकल लिएर आवतजावत जारी राखेको छ । नेपालीहरु दैनिक उपभोग्य वस्तु किन्न भारत जाँदैछन् भने भारतीयहरु पेट्रोलको लागि नेपाल आउन थालेका छन् ।
भारतमा पेट्रोलको मूल्य निरन्तर बढदै गएको छ । तर भारतको सरकारले पेट्रोलको मूल्यमा कुनै सँज्ञान नलिएको देखिएको छ । उच्च अधिकारीहरु पनि निरन्तर बढेको पेट्रोलको मूल्यको बारेमा कुनै चर्चा नगरेको भन्दै भारत विहारका नागरिकहरु आजित भएका छन् ।
पेट्रोलको मूल्य बढदै गएपछि भारत विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पेट्रोलियम भन्दा पनि ईलेक्ट्रीक वाहन (सवारी) प्रयोग गर्न आग्रह गरे । इलेक्ट्रीक वाहन पनि भारतमा सस्तो छैनन् । इलेक्ट्रीक भन्दा अहिले डिजल पेट्रोलको गाडी नै सस्तो छ । यस्तोमा पेट्रोलको मूल्य बढदै गएपछि भारतको तुलनामा नेपालमा सस्तो भेटाउँछ ।
यद्यपी, नेपालमा पनि भारत सरकारले नै पेट्रोल दिने गरेको छ । तर पनि भारतभन्दा नेपालमा पेट्रोलको मूल्य सस्तो देखिएको छ । पेट्रोल र डिजलमा गाडी चलाउनेहरुले बढदै गएको मूल्यको कारण नेपालबाट डिजल पेट्रोल लग्न थालेका छन् ।
भारतभन्दा नेपालमा करिब २२ रुपैयाँ सस्तो पेट्रोलको मूल्य रहेको छ । उही भारतमा पेट्रोलको मूल्य भने ८२.३४ रुपैयाँ भारतीय रुपैयाँ (भारु) रहेको छ जसको नेपाली १ सय ३१ रुपैयाँसम्म हुन जान्छ । दुवै देशको बीचमा इण्डियन आयल कर्पोरेशनको सँधीको प्रावधान अनुसार नेपाललाई भारतले पेट्रोल उपलब्ध गराउँदै आएको छ ।
नेपाल र भारतको विहारको सीमा सँगै रहेको कारण भारतबाट निर्वाध रुपमा बोर्डर पार गरी पेट्रोल भराउन आउँदै गरेको देखिएको छ । सीमाबाट सिधा आएपछि लाग्ने भन्सार शुल्क तिरेर पनि पेट्रोल भराउन आउन लागेका हुन् ।
चोरबाटो भएर भारतीयहरु नेपालबाट डिजल र पेट्रोल लग्छन् । यहाँसम्म की सस्तोमा पेट्रोल खरिद गरी लगेर भारतमा भारतको मूल्य भन्दा केही सस्तो र नेपालको मूल्यभन्दा केही महँगोमा बेच्ने गरेको देखिएको छ । धेरै ठाउँबाट हजारौ लिटर पेटेल र डिजल सीमाबाट प्रहरीले पक्राउ पनि गरेको छ ।
भारतबाट ल्याएको पेट्रोल उल्टै भारततर्फ पुनः लगेर कालोबजारी गर्ने गरेको देखिएको छ । सीमामा खटेका भारतीय सेना (सिआरपी) ले भारतबाट तेल तस्करीको लागि गाडीहरु नआएपनि गैलन, ड्राममा हालेर पेट्रोल र डिजल भारततर्फ लैजान गरेको छ ।
दोस्रो मधेश आन्दोलनको क्रममा भएको करिब ६ महिनाको बन्दाबन्दीको क्रममा तराई मधेशका आम नागरिकहरुले भारतबाट पेट्रोल, ग्याँस ल्याउँथे । नेपाल भन्दा भारतमा त्यतिबेला सस्तो र सुलभ रुपमा पाउने भएकोले नेपालीहरु भारतबाट ग्याँस र पेट्रोलियमहरु ल्याएका थिए ।
मधेश आन्दोलनको क्रममा तत्कालिन मधेशी जनअधिकार फोरम पार्टी लगायत मधेशवादी दलहरुले गरेको सीमामा नाकाबन्दीको कारण काठमान्डौंसम्म पनि ग्याँस र पेट्रोलियमो अभाव भएको थियो । अभावमा पनि नेपाली तस्करहरुले भारतबाट चोरेर भएपनि बर्दिवास हुँदै काठमान्डौंसम्म मँहगोमा सप्लाई गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…