के हो यो साइबर सेना ?
साइबर सेना आवाजविहीनहरुको आवाज बन्ने, न्यायमा पहुँच नभएकालाई कानूनी निकायमार्फत् न्याय दिलाउन सहजीकरण गर्ने हो । कानुनलाई नै मद्दत गर्ने हो ।

२०७७ फागुन ५ बुधबार, राति ९:०५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले सँसद विघटन गरेपछि देशमा भएको राजनीतिक अस्थिरतापछि साईबर सेनाहरुको चर्चा एकाएक सुन्न थालियो ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरको एक समूहले समाजिक सँजालमा राख्ने निगरानी साईबर सेनाको रुपमा चिनिएको छ । नेकपाको ओली पक्ष सहित अहिले अन्य पार्टीका नेता कार्यकर्ताले पनि खासगरि समाजिक सँजालमा निगरानी राखेको छ जसलाई–साईबर सेना भनिएको छ ।
ओली पक्षधर युवा नेता उज्वल झा ओलीको साईबर सेना सम्बन्धी यस प्रकार बताउँछन् :
के हो यो साइबर सेना भनेको ?
अहिले साम्राज्यवादीहरुले मिडिया, सामाजिक सञ्जाल लगायत अनेक माध्यमबाट कम्युनिष्ट आन्दोलनमाथि हमला गरेको हुनाले त्यसलाई जोगाउन, जनतामा गएको भ्रम रोक्न साइबर सेना बनाएको हो ।
सूचना प्रविधि उपयोग गरेर कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको आरोप र सिर्जना गरिएको भ्रमको खण्डन गर्दै जनतामा सही विचार लैजाने उद्देश्यले संगठित गरिन लागेको फोर्सलाई मैले साइबर सेनाका रुपमा व्याख्या गरेको हुँ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…