धनुषाको शहिदनगरमा युवाहरुलाई १५ दिने इलेक्ट्रिसियन तालिम
उदघाटन कार्यक्रममा नगरपालिकाका लेखापाल लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, समाजिक सुरक्षा शाखाका कम्पयुटर अपरेटर विष्णुदेव यादव, विकेश यादव सहित प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।

२०७७ फागुन ४ मंगलबार, दिउँसो २:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाभित्रका युवाहरुलाई स्वरोजगार अन्तर्गत क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ ।
आर्थिकोपार्जन कार्यक्रम अन्तर्गत स्वरोजगारीको सँख्या वृद्धि गर्नको लागि नगरभित्रका युवाहरुलाई १५ दिने ईलेक्ट्रिसियन तालिमको एक कार्यक्रमबीच उदघाटन गरिएको हो ।
नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) को प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रमबीच उदघाटन गरिएको हो । नगरपालिकाको ९ वटै वडाबाट २५ जना सहभागीता जनाएका युवाहरुलाई कुशल ईलेक्ट्रिसियनद्धारा तालिम प्रदान गरिने जनाइएको छ ।
सहभागीहरुलाई हाउस वायरिँग, साधारण वायरिँग गरी विद्युतिय जडान सम्बन्धी तालिम प्रदान गरिने जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न यादवको विशिष्ट आतिथ्यमा तालिमको शुभारम्भ गरिएको हो ।
उदघाटन कार्यक्रममा नगरपालिकाका लेखापाल लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, समाजिक सुरक्षा शाखाका कम्पयुटर अपरेटर विष्णुदेव यादव, विकेश यादव सहित प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…