एकाविहानै एक महिला खेतमा मृत अवस्थामा फेला, हत्या गरी फालिएको आशंका !
ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए ।

२०७७ फागुन ४ मंगलबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषामा एक महिला आज विहानै खेतमा मृत अवस्थामा फेला परेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामदेखि २२ किलोमिटर पूर्व रहेको धनुषाको कमला नगरपालिका वडा नं. २ माचि झिटकैयामा एका विहानै एक महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
कमला नगरापलिका वडा नं. २ माचि झिटकैया टोल पस्ने हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा महिला आज विहानै मृत अवस्थामा फेला परेको बताइएको छ । वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवका अनुसार, महिला मृत अवस्थामा फेला परेको र घटना कसरी भएको बारे आफू पनि बुझ्नै लागेको बताए ।
वडाध्यक्ष यादवका अनुसार, महिला कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयाको पश्चिमवारी टोल बस्ने स्थानीय सौबरी गडेरीका छोरा खुसिया गडेरीकी अन्दाजी बर्ष ४२ की श्रीमति मृत अवस्थामा फेला परेको हो ।
मृतको आफ्नो घरदेखि पनि केही मात्र दुरीमा रहेको खेतमा शव भेटाएको हो । मँगलबार विहानै स्थानीय एक युवक दिसापिसाबको लागि घरबाट बाहिर निस्केर खेततर्फ जान लाग्दा महिलालाई मृत अवस्थामा देखेपछि स्थानीय जनप्रतिनीधिलाई खवर गर्न पुगेका थिए ।
जानकारी अनुसार, मृतक महिला खुसिया गडेरीको जेठी श्रीमति हुन् । खुसीया दुई वटा बिहे गरेकोमा मृतक महिला दुई मध्ये जेठी श्रीमति हुन् । उनलाई हत्या गरी खेतमा फालेको हुन सक्ने अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली अहिले घटनास्थलमा पुगेको छ भने घटनाको बारेमा मुचुल्का उठाउने कार्य गरेपछि थप जानकारी आउने प्रहरी नीरिक्षक हृयेन्द्र रोकायाले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…