भोरका अध्यक्ष महतो अन्ततः नेपाली काँग्रेसमा प्रवेश
महतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।

२०७७ फागुन ३ सोमबार, बेलुकी ७:५६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । विगत २० वर्ष देखि जनस्वास्थ्य पेशामा आबद्ध र १५ वर्ष देखि स्वंयसेवी भई सामाजिक सेवामा निरन्तर कार्यरत राज कुमार महतो नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
समाजमा र देशमा बृहत सकारात्मक दिगो परिवर्तनको लागि सिस्टम बाहिर बसेर गरेको कार्यले केही हद सम्म परिवर्तन आए पनि समाजमा ल्याउन खोजेको ठुलो परिवर्तनको लागि सिस्टम भित्र नै जानु पर्ने आवश्यकता महसुस गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिकाको बबरगंजमा नेपाली कांग्रेस गांउ कार्य समिती र क्षेत्र १ ले आयोजना गरेको बृहत आम सभा तथा पार्टी प्रवेश समारोहमा राज कुमार महतो संगै चन्द्रनगर गापाका ९७३ जना व्यक्तिहरुविभिन्न पार्टी परित्याग गरेका छन् ।
नेपाली कांग्रेसका उप सभापति तथा पूर्व उपप्रधान मन्त्री र पूर्व गृहमन्त्री विमलेन्द्र निधीको हाथबाट महतो सहित ९७३ जनाले नेपाली कांग्रेसका सदस्यता लिई पार्टी प्रवेश गरेका हुन ।
उपसभापति निधीले अबिर माला लगाई पार्टी नवप्रवेसीहरुलाई स्वागत गरेका थिए । बृहत आम सभा तथा पार्टी प्रवेश समारोह कांगे्रस उपसभापति विमलेन्द्र निधीको प्रमुख आतिथ्य र चन्द्रनगर गापाका नेका कार्य समिती सभापति जय सिहंको अध्यक्षतामा सम्मन्न भएको थियो ।
नेका सर्लाही जिल्ला सभापति तथा पुर्व मन्त्री नागेन्द्र यादव, सर्लाही क्षेत्र १ का संघीय सांसदका प्रत्यासी तथा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, पुर्व मन्त्री राम कृष्ण यादव, माननीय उपेन्द्र कुशवाहा, पूर्व मन्त्री डीना उपाध्याय, नेका धनुषा सभापति सरोज राय यादव लगायत विभिन्न विशिष्ट अतिथी तथा अतिथीहरुको उपस्थितीमा पार्टी प्रवेश समारोह संचालन भएको थियो ।
राजनीति मेरो लागि पेशा होइन सेवा हो, राजनीति क्षेत्रमा नवप्रवेश गरेका महतो बताउ छन । राजनीतिलाई कमाई खाने भान्डो बनाएको र परिवारवादमा सिमित राखेकोले गर्दा वर्तमान समयमा राजनीतिमाथी जनताको भरोसा कम हुन्दै गएको कुरा महतो बताउँछन् । कमाई भन्दा पनि सेवाको सोच र व्यवहारले मात्रै राजनीति प्रति जनता मन जित्न सकिने र समाज तथा देशको समतामूलक उन्नति सम्भव हुने दाबी महतो गर्छन ।
शिक्षा, स्वास्थ्य, समृद्धि, समानता, सम्मान, शुसन्स्कृत समाज र शान्ति सहित एकीकृत दिगो विकास आफ्नो प्रमुख ध्येय रहेको महतो बताए । विगतका दसकहरुमा देशमा व्यवस्था परिवर्तन भए पनि प्रणाली सुधार हुन सकेको छैन । प्रणाली सुधार भए मात्रै देशमा समृद्धि, सम्मान र समानता आउने विश्वास महतोको छ ।
महतो सङै पचुलाल माझी, उमेश कुमार साह, राजेश महतो, नवीन साह, राम ईश्वर महतो, रविन्द्र महतो, रामपरि देवि माझी, सरोज कुमार महतो, जोगेन्द्र ठाकुर, सत्रोहन महतो, राम केवल महतो, रितिकराज रिशी, उपेन्द्र महतोले पनि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरे ।
महतो सङै पार्टी प्रवेश गर्नेमा वडा ५ का राम विश्वास राय, फरिद्टोलका विद्यानन्द महतो, वरकुर्वा टोलका आनन्दी महतो, कामद्का कापर लगायतका व्यक्तिहरु नेकपा र जसपा पार्टी परित्याग गरि राज कुमार महतो सङै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश कार्यक्रमको संयोजन सर्लाही प्रदेश १क सभापति अनिल कर्ण र गापा अध्यक्ष प्रत्याशी श्याम सिङ्ह, जिल्ला शिक्षक महासङ्हका गापा अध्यक्ष सरोज सिङ्ह र नेका जिल्ला समिति सदस्य छविलाल महतो, नेका सद्स्य देव नारायण महतो, मक्सुद आलम, विकाउ मन्सुर, तेज नारायण चौधरी लगायत आयोजना समितीका थुप्रै सद्स्यहरुले गरेका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…