“मेरो घर बर्दिवास २ हो, रेलवे कम्पनीको महाप्रबन्धक हुँ म, त चै को होस तेरो परिचय के हो ? भनेर भट्टराईले फोनमा नशामा लठ्ठ भएर बोल्दै गरेको सुनिन्छ, सोही जवाफमा पासवानले पनि “तँ मलाई धम्की दिने को होस ?” भनेर पनि जवाफ फर्काइएको सुनिन्छ ।
त्यसपछि भट्टराईले “त मु‘‘..लाई एक घण्टाभित्रै अपरहण गर्न सक्छु , गर्न सकिन भने म बाउको छोरो होइन। ‘‘ गाली गलौज‘‘ त प्रचण्डको गफ गर्छस् ? भनेर भनेको सुन्न सकिन्छ । जसको प्रतिउत्तरमा पासवानले “मलाई प्रचण्डको थाहा छैन, मलाई प्रचण्ड जीको थाहा छैन्” भनेर जवाफ फर्काएको छ ।
सोही फोनको क्रममा रेल्वेका महाप्रबन्धक गुरु भट्टराईले गाली गलौज सहितको भाषामा आफू केपी ओलीको छोरा रहेको दाबी गर्दै पासवानलाई “तँ कसको छोरा होस भनेर प्रश्न पनि गरेको अडियोमा सुन्न सकिन्छ । जवाफमा पासवानले “म राष्ट्रसेवक राष्ट्रभक्त हुँ‘‘।।मा‘‘” भनेर भनेको सुन्न सकिन्छ ।
फेरी पनि भट्टराईले “के केपी ओलीको छोरो हुँ, क कस्को छोरो होस भन न ? भनेर भनेपछि पासवानले जवाफमा “त साइवर सेना, महेश बस्नेतको धाक दिने ? भनेर जवाफ फर्काएको लीक भएको अडियोमा सुनिएको छ ।
दुवै जनाको कुराकानी ११ मिनेट ५७ सेकेन्ड रहेको भनिएपनि सम्पादित अडियो भने ४ मिनेटको रहेको छ । समाचारदैनिक अनलाइनले राखेको अडियोलाई लोकपाटीलेपनि राखेको देखिएको छ । समाचारदैनिकको सोही अडियो हामी पनि राखेका छौं । अडियो सुन्नुहोस् ।
सँसद विघटनअघि पनि भट्टराई रेल्वेको महाप्रबन्धक पदमा बसेर घमण्डी पाराको स्टेटसहरु लेख्दै आएको हेर्न सकिन्छ । प्रदेश नम्बर २ को महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर २ बस्ने महाप्रबन्धक गुरु भट्टराईले फोनमा नशामा लठ्ठ भएर बोलेको शब्दहरु अहिले भाइरल भएको छ ।
हामी राती नै महाप्रबन्धक गुरु भट्टराईसँग सम्पर्क गर्ने प्रयत्न गरेका थियौं । सम्पर्क नभएपनि राती १० बजेर २५ मिनेटमा आफ्नो फेसबुकमा एक स्टेटस लेख्दै अडियो कुराकानीको बारेमा स्पष्ट पारेका छन् । फोनमा गाली गलौच सहितको कुराकानी भएको भनेर स्वीकार स्टेटस मार्फत पुष्टी गरेका छन् । उनले लेखेको स्टेटस यस्तो छ :
#केहि दिन अघि देखी आफुलाइ महोत्तरी घर भन्ने र माओबादी कार्यकर्ता ठान्ने अनिल पासवान भन्ने ब्यक्तिले पटक पटक कल गरेर धम्क्याउने, काट्छु मार्छु भन्ने र हामीसंग कुरा गर्न आइज भनेर मुख छाडेर गाली गर्ने काम गरिरहेको थियो । मलाइ मेरो पद र प्रमसंग जोडेर बारबार मुख छाड्ने र तनाव दिने गरिरहेको हो । पछिल्लो समय म साँझ केही इन्जीनियर साथीहरुसंग बसिरहेका बेला पासवानले कल गरेर गाली गर्ने काट्मार गर्ने धम्कि दिएपछि प्रतिकृयामा मैले पनि गाली गरेको हो । खुलेआम काटमार गर्छु भनेपछी प्रतिकृयामा आएका केही शैलीगत समस्यामा क्षमा चाहन्छु । तर म पनि मान्छे हो र मानवसंबेदना नै क्रस गरेपछी संयमता गुम्ने गर्छ । पटक पटक बिना कारण धम्क्याउने र ज्यान मार्ने धम्कि दिनेलाइ कानुनी कारबाही प्रकृया अघि बढाउँदै छु । त्रास र धम्कि देखाएर राष्ट्रको बर्तमान मिसन डिरेल गर्न सकिन्छ भनेर लागेका केही गिरोहको कडा रुपमा प्रतिबाद हुन्छ । बिरोध गर्ने बिषय नपाएपछी अनेक खालका षडयन्त्र गर्न झ्यासहरु लाग्दैमा मैदान छोडिदैन ; निश्चिन्त भए हुन्छ |
त्यसपछि हामीले गएरातीदेखि नै प्रदेश प्रमुखका उप–स्वीकीय सचिव एवम् नेकपाका युवा नेता अनिल कुमार पासवानसँग सम्पर्क गर्ने प्रयास गरेका थियौं । राती सम्पर्क नभएपनि गएराति १० बजेर ४५ मिनेटमा उनले एक फेसबुक स्टेटस हालेका छन् । उनको स्टेटस यस्तो छ :
गुरु प्रसाद भट्टराई र मेरो बिच भएको सम्पुर्ण काल रेकर्ड बाहिर ल्याइयोस!दोषी भए कार्वाही भोग्न त्यार छु!सत्ताको आडमा नशामा लठ्ठीएर मान्छेलाई अपमान गर्दै हिड्ने हो गुरुप्रसादहरु...?दलितलाई हेप्ने बाहुनबादी संस्कृतिको विरुद्धमा हिजो पनि लडियो आज पनि लडछौ भोलि पनि लडिन्छ!उच्च जातिय अहंकार र प्रतिगामी सत्ताका मतियारको अपहरण गर्ने धम्कीहरुलाई असिस्ट र गाली गलौजका भासाहरुलाई निरन्तर प्रतिबाद गरिन्छ!अन्तयमा मलाई धम्कीदिने र असिस्ट गाली गलौज गर्ने गुरुप्रसादहरुलाई प्रतिबाद गरेको छु!प्रतिबाद गर्दा केही शब्दहरु मैले प्रयोग नगर्दा हुन्थ्यो भने महसुस भएको छ...
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…