धनुषाधाममा ईन्सपेक्टर मैनाली आएपछि कडा, गिट्टी वालुवा चोरीनिकासी गर्ने ३ ट्रयाक्टर पक्राउ
बरामद भएको अवैध समान र पक्राय परेको तिनवटै ट्रयाक्टरलाई आवश्यक कर्वाहीको लागि जिल्ला भन्सार कार्यलय जनकपुरमा बुझाएको सप्रनि मैनालीले जानकारी दिए ।

२०७७ फागुन १ शनिबार, बिहान ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सुरक्षा बेश धनुषाधाममा सशस्त्र प्रहरी निरिक्षक केशव मैनाली आएसंगै गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ हुन थालेका छन ।
सर्लाहीको हरिवन निवासी बेश प्रमुख मैनाली धनुषाधामको कमाण्ड हात लिएपछि यस ईलाका अपराधिक तथा गैरकानुनी क्रियाकलपामा संलग्न अपराधिक मानसिकता भएका व्यक्तिहरु धमाधम पलाएन हुन थालेका छन ।
धनुषामा आएको केही महिनामै दर्जनौ गैरकानुनी अवैध ओसारपोसर तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन सफल भएका छन । प्रदेश २ चुरे तथा खोला नालाहरु अवैध दोहनको उच्च जोखिममा रहेका कारण धनुषाधाम क्षेत्रमा हुने अवैध खोलानाला र नदिजन्य पदार्थको अवैध चोरीनिकासीलाई नियन्त्रण गर्नका लागि अप्रेशन नै चलाएको छ ।
जसको परिमाण स्वरुप धनुषाधाम धाम स्थित बालुवा खोला, मुर्गीया खोला र जगधर खोलाबाट दिन तथा रातको समयमा अवैध उत्खनन गरिरहेको अवस्थामा ३ वटा ट्रयाक्टर पक्राउ परेका छन ।
त्यस्तै सुरक्षा बेश प्रमुख सशस्त्र प्रहरी निरिक्षक केशव मैनालीकै कमाण्डमा खटिएको टोलिले ठूलो परिमाणमा अन्दाजी दुई लाख आठ हजार ६ सय बराबरको भंसार छली ल्याउदै गरेको चोरी निकासीको अवैध समान बरामद गरेको छ ।
बरामद भएको अवैध समान र पक्राय परेको तिनवटै ट्रयाक्टरलाई आवश्यक कर्वाहीको लागि जिल्ला भन्सार कार्यलय जनकपुरमा बुझाएको सप्रनि मैनालीले जानकारी दिए ।
स्थानिय स्तरमा भएको गैरकानुनी चोरी निकाससी, अपराधिक क्रियाकलाप तथा आम नागरिकलाई शान्ति, सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई नछोडने सशस्त्र प्रहरी निरिक्षक मैनालीले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…