घरपट्टिलाई नै बलात्कार गरी गर्भवति बनाएको मुद्दामा खातुन र यादव पक्राउ
अदालतबाट प्रमाणित गराई वारदातमा संलग्न रहेका प्रतिबादीहरुको नाममा पक्राउ पूर्जी लिएपछि प्रहरी दुवै जनालाई खोज्दै थियो ।

२०७७ माघ ३० शुक्रबार, दिउँसो ४:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा घरपट्टि (घरबेटी) मा बस्ने भाडादारले पटक पटक बलात्कार गरी गर्भवति बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरमा घरपट्टिमा बस्ने दुई जना भाडेदारले विभिन्न प्रलोभनमा पारी पटक पटक बलात्कार गरी गर्भ बसेपछि भागेकोमा उनीहरुलाई पक्राउ गरिएको हो ।
सो घटनामा पीडितकै घरमा बस्ने मुस्कान खातुन र ओम नारायण यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पीडितको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी मुस्कान खातुन समेत भएको मानव बेचबिखन तथा जबरजस्ती करणी मुदामा पिडितको घरमा डेरा गरि बस्ने ओम नारायण यादवलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खातुनले पिडितलाई पनि आफु संगै राती आफ्नो कोठामा सुताउने गरेकी थिइन् । गत असार महिना देखी कार्तिक महिना सम्म प्रतिबादि शम्भु भन्ने ओम नारायण यादव समेतलाई आफ्नो कोठामा बोलाई बलात्कार गराएको आरोप लगाइएको हो ।
प्रतिवादीहरुसंग रकम लिई पिडितलाई बिभिन्न प्रकारको प्रलोभनमा पारी पटक–पटक जबरजस्ती करणी गर्न लगाएकोमा सोही जबरजस्ती करणीबाट पिडित गर्भवति भएपछि प्रहरीमा उजुरी गरेको थियो ।
जाहेरी दरखास्तको आधारमा पिडित जाहेरवालीको वयान समेत लिएर धनुषा जिल्ला अदालतबाट प्रमाणित गराई वारदातमा संलग्न रहेका प्रतिबादीहरुको नाममा पक्राउ पूर्जी लिएपछि प्रहरी दुवै जनालाई खोज्दै थियो । प्रतिवादी दुवै जना कार्तिकदेखि नै फरार रहेको प्रहरीले जनाएको छ ।
फरार रहेका प्रतिवादीहरु खोज तलास गर्दै जाने क्रममा फरार प्रतिवादि मध्येका मुस्कान खातुन र शम्भु भन्ने ओम नारायण यादवलाई विहिबार साँझ ६ बजेको समयमा जिल्ला धनुषा लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ४ स्थित बाटोमा फेला पारी पक्राउ गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…