नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु दृष्टिभ्रम र पूर्वाग्रह : नेकपा

२०७७ माघ २९ बिहीबार
दिउसो २:३८ बजे

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षधर नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको भन्दै त्यसलाई दृष्टिभ्रम र पूर्वाग्रहको सँज्ञा दिएको छ । 

नेतृ झाँक्रीलाई आज उनकै निवास काठमान्डौंको शँखमूलबाट प्रहरीले पक्राउ गरेको भन्दै प्रचण्ड पक्षधर नेकपाको केन्द्रीय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको आरोप सहित आपत्ति जनाएको छ । 

“हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य कमरेड  रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफतारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ । नेपालको संविधानले प्रत्याभूत गरैको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफतारीले वर्तमान सरकारको घोर लोकतान्त्रिक, निरंकृश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।”– विज्ञप्तिमा उल्लेख छ । 

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन्‌ भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्नम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नरहेको ठकर पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

नेकपा प्रचण्ड–माधव पक्षधर नेता एवम् पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत नेतृ झाँक्रीको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै निःसर्त र अबिलम्ब रिहाको माग गरिएको हो । 

 
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जसपाकी साँसद मन्जु शर्मा अन्सारीको मृत्यू

  • २०७७ माघ २९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट

पूरा पढ्नुहोस्

Bureau Menus

} }