धनुषा क्षीरेश्वरनाथ सातौं नगरसभा सम्पन्न, ९१ प्रतिशत बजेट खर्च
कार्यक्रममा वर्ष २०७५ को एसइइ परीक्षामा नगरभरबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद १० हजार, प्रमाणपत्र र दोसला ओढाई बधाई समेत दिए ।

२०७७ माघ २७ मंगलबार, राति १०:१६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा क्षिरेश्वरनाथ नगरपालिकाको सातौं नगर सभा सम्पन्न भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को संशोधित नीति, बजेट प्रस्तुत गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख पजीयार नगरपालिकामा रोजगार समृद्धिको आधार’’ मुल नाराका साथ अघि बढिरहेको यस नगरपालिकाका जनता समक्ष गरेको प्रतिवद्धता र जनमतको कदर गर्दै सिमित श्रोत साधनका बाबजुद पनि बिकासका सबै क्षेत्रहरुलाई संम्बोधन गर्ने प्रयत्न गर्दै नगरको साधन श्रोतलाई सन्तुलित एवं न्यायोचित ढंगबाट वितरण गर्न हरसम्भव प्रयास गरेको बताए।
नगरसभामा आर्थिक वर्ष २०७६/०७७ को समिक्षा प्रस्तुत गर्दै आर्थिक बर्ष २०७६/०७७ मा केन्द्र तथा आन्तरिक स्रोतबाट प्रस्तावित आम्दानी रु. ५९ करोड ५२ लाख ६५ हजार प्रस्ताव गरिएकोमा यस नगरपालिकामा आम्दानी प्राप्त भई सो मध्ये नगर क्षेत्रको विकासको लागि ५४ करोड ३२ लाख खर्च भई कुल बजेटको ९१ प्रतिशत खर्च भएको र महालेखा परिक्षकबाट हालै लेखा परिक्षण सम्पन्न भएको जनकारी गराए ।
त्यसैगरी छैठौ नगर सभाबाट पारित आ।व।२०७७÷०७८ को लागी ५९ करोड ५२ लाख ३३ हजारको बजेट पारित गरेको थियो । सो मध्ये हालसम्म ६ करोड १६ लाख खर्च भएको छ । यसरी लक्ष्यको तुलनामा खर्च कम हुनुको कारणमा हिन्दुहरुको महान चाड दशैं, दिपावली, छठ पर्व परेको, निकासा समयमा प्राप्त नहुनु आदि प्रमुख कारण रहेको बताए ।
चालु आर्थिक बर्षमा हालसम्म प्राप्त आन्तरिक आय, प्रदेश सरकाबाट प्राप्त हुने अनुदानको अनुमान, संघबाट प्राप्त हुने अनुदानको अनुमान र दातृ निकायहरुबाट प्राप्त अनुदान समेतको आधारमा चालु आ।व। २०७७/०७८ को लागि रु ६५ करोड ५० लाख ३४ हजारको संसोधित बजेट पेश गरेको र यसरी चालु आ.व. २०७७/०७८ को लागि गत छैठौ नगर सभाले प्रस्ताव गरेको रकम भन्दा संशोधित अनुमान १० प्रतिशतले बृद्धि भएको छ ।
कार्यक्रमा नगर प्रमुख पजियार हाम्रो नगरमा ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक, धार्मिक एवं पर्यटकीय महत्वका दृष्टिले अन्यन्त सबल सम्भावना भएतापनि नगरको समग्र आर्थिक, सामाजिक विकास र प्रकृयालई अघि बढाउन हाम्रा सामु थुप्रै चुनौति रहेको बताए ।
यसका लागि विकासको क्रममा पछाडी परेका वर्ग र क्षेत्रलाई विकासको मुल प्रवाहमा समाहित गर्नु, स्थानिय स्तरमा रोजगारीका अवसरहरु वृद्धि गरी यूवा जनशक्तिलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशाको संचार गराउनु, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्नु, उपलब्ध साधन श्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाहित गर्नु स्थानीयस्तरमा सुशासन प्रबद्र्धन गर्नु आदि विकास प्रकृयाका विद्यमान चुनौतीहरु हाम्रा सामु छन, यस मध्ये पनि हाम्रा लागि सबै भन्दा ठूलो चुनौति भनेको हाम्रो मानसिकतामा रहेको जातपात, छुवाछुत र भाग्यबाद चिन्तन नै समृद्धि का यात्रामा मुख्य बाधकका रुपमा रहेको हुँदा यसका लागि सचेतना कार्यक्रमलाई विशेष जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।
कार्यक्रममा वर्ष २०७५ को एसइइ परीक्षामा नगरभरबाट सर्वोत्कृष्ट अंक हासिल गर्ने छात्र छात्राहरुलाई प्रोत्साहन स्वरुप नगद १० हजार, प्रमाणपत्र र दोसला ओढाई बधाई समेत दिए ।
कार्यक्रममा नगर उप–प्रमुख रचना माथेमा, श्रीनाथ गण महेन्द्रनगरका प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत उमेश लाल कर्ण, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्य, सर्पदशं उपचार केन्द्र महेन्द्रनगरका प्रमुख, जेष्ठ नागरिक हकहित संरक्षण मंचका अध्यक्ष मितलाल गिरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…