जनकपुरमा ओलीको पुतला फुकिए
ओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।

२०७७ माघ २५ आइतबार, बेलुकी ७:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला फुकिएको छ ।
आईतबार दिउँसो करिब २ बजेको समयमा जनकपुरको जनकचोकमा प्रधानमन्त्री ओलीको पुतला जलाइएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी समर्थित युवाहरुको एक टोलीले जनकपुरमा पुतला दहन गरेको हो ।
जनकपुरको मुटु भानुचोक र शिवचोकमा ओलीको पुतला जलाएको हो । जसपाका नेता तथा कार्यकर्ताहरुले दुवै चोकमा नाराबाजी गर्दै ओलीको पुतला जलाएको हो ।
ओलीको असंवैधानिक कदम भएको भन्दै विरोध स्वरुप पुतला जलाएको जसपाका युवा नेता प्रशान्त झाले बताएका छन् । उनले ओलीको प्रतिगमन कदमको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलाएको बताए ।
जनकपुरको जनकचोकबाट निस्केको रयालीले जनकपुरको शिवचोक र भानुचोक गरी दुवै ठाउँमा ओलीको पुतला फुकेको जसपाका युवा नेता किसन साहले जानकारी दिए । उनले जसपाको पूर्वनिर्धारित निर्णय अनुसार पुतला जलाएको बताए ।
पुतला जलाउँदा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए, यद्यपी उनीहरुले पुतला जलाउन सफल भएको बताईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…