९ किलो चरेश सहित देबान पक्राउ
निज मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए पश्चात आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

२०७७ माघ २४ शनिबार, राति ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । चरेस सहि जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध चरेस सहित एक व्यक्तिलाई प्रक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा शनिबार पर्सा बहुदरमाई नगरपालिका वडा नं.७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने प्रयोजनार्थ घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरिले पक्राउ गरेको हो ।
प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको प्रहरी टोलीले निज मुसलीम देवानको घरको रितपूर्वक खानतलासी गर्दा उक्त घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ किलो २० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम तथा चरेश पेल्ने मेसिन थान ३ सहित नियन्त्रणमा लिएको हो ।
निज मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाए पश्चात आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…