बिदेशियाको पीडा: श्रीमान विदेशबाट आएपछि श्रीमति गायब
साकिर विदेशमै रहेका बेला रुबीको पर–पुरुषसँग सम्पर्क भएको हुनसक्ने र अहिले ती पुरुषसँगै भागेको उनको शंका जाहेर गरे ।

२०७७ माघ २४ शनिबार, दिउँसो ४:२७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजगारीले देशमा रेमिटयान्स बढाएपनि समस्या पनि उतिकै अनुपातमा बढेको देखिएको छ । पुरुष वैदेशिक रोजगारीमा जाँदा घरमा श्रीमति अर्कैसँग भाग्ने जस्ता घटनाहरु प्रायः सुनिन्छ ।
यसै सन्दर्भमा प्रदेश नम्बर २ को धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाकी एक महिला आफ्नो श्रीमानसँग सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । गणेशमानचारनाथ नगरपालिका वडा नं. २ बस्ने स्थानीय साकिर हुसैनकी श्रीमति बर्ष २३ की रुबी खातुन सम्पर्कविहिन भएकी छिन् ।
गत माघ १३ गते नै छिमेकमा भएको बिहे कार्यक्रममा गएदेखि अहिलेसम्म सम्पर्क बिहिन रहेको परिवारजनले जनाएको छ । रुबीकी श्रीमान साकिरले ईलाका प्रहरी कार्यालय ढल्केवरमा हुलिया सहितको निवेदन समेत जाहेर गरेका छन् ।
साकिरले गत माघ १३ गते बेलुकी छिमेकमै रहेको बिहेमा गएको र त्यसपछि सम्पर्कबिहिन भएको दुःखेसो पोखेका छन् । बेलुकै निस्केकी रुबी अबेर रातीसम्म नआएपछि घरपरिवारलाई शंका लागेको थियो । त्यसपछि व्यापक खोजतलास गरेपनि अझै भेटाएकी छैनन् ।
ईलाका प्रहरी कार्यालय ढल्केवरमा हुलियासहितको निवेदन लेखाएपनि प्रहरीले समेत अझै फेला पार्न सकेको छैनन् । यसबारे ईलाका प्रहरी कार्यालय ढल्केवरले यस्ता प्रकरणका निवेदनहरु दैनिक २÷३ वटा आउने गरेको बताए ।
पीडित साकिरका अनुसार, गत माघ १३ गते नै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ र ६ को बीचमा लाग्ने महेन्द्रनगर सखुवा बजार आएको बेला रुबी छिकेकीको बिहेमा निस्केको परिवारजनलाई उदृत गर्दै बताए ।
दुई छोरा रहेको साकिर र रुवीको जेठा छोरा भने फरक क्षमता (अपाँगता भएको) का रहेका छन् । कान्छो छोरालाई रुबीले सँगै लिएर गएको तथा अहिलेसम्म सम्पर्कमा नआएको साकिरले दुःखेसो पोखे । उनले भने,–“ मेरा जेठो छोरा पोलियोको शिकार भएको छ , उनको हातखुट्टा केही चल्दैन, यहाँसम्म की उठबस पनि गर्न सक्दैन । दिनरात ओछ्यानमै हुन्छ । रुबी सम्पर्क विहिन भएपछि घरमा मलाई धेरै समस्या भएको छ ।”
खाडी मुलुक कतारमा साकिरले दुई बर्ष बसेर घर फर्केका थिए । साकिर करिब ४ महिना अगाडी विदेशबाट घर आएका थिए । साकिर विदेशमै रहेका बेला रुबीको पर–पुरुषसँग सम्पर्क भएको हुनसक्ने र अहिले ती पुरुषसँगै भागेको उनको शंका जाहेर गरे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…