जनकपुरः झडपमा ७ राउण्ड बढी गोली फायर, गोलीका खोकाहरु भेटाए
उनले २५ राउण्ड बढी नै फायर भएको हुन सक्ने अनुमान लगाए । गोली फायर भएको उनले स्वीकारे ।

२०७७ माघ २२ बिहीबार, बेलुकी ६:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा आज (विहिबार) प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा ७ राउण्ड बढी गोली फायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटका अनुसार, स्थिति नियन्त्रणको लागि गोली फायर गरिएको थियो । आज दिउँसो भएको प्रहरी र नेकपाका नेता तथा कार्यकर्ताहरुबीचको झडपमा प्रहरीले दुई दर्जन बढी फायर गरेको जनाइएको छ ।

एसपी रानाभाटका अनुसार, १२ राउण्ड आश्रुग्यास, केही राउण्ड रबलको बुलेट र केही राउण्ड गोली समेत फायर भएको थियो । भीड र प्रदर्शनकारीलाई तितरबितर पार्नको लागि हवाई फायर गरेको एसपी रानाभाटले बताए ।
प्रहरी चलाएको गोलीको खोकाहरु जनकपुरको शिवचोक भेटिएको छ । एसपी रानाभटले ७ राउण्ड भनेपनि प्रदेश प्रहरी, दँगा नियन्त्रण प्रहरी समेत गरी अहिले कति राउण्ड फायर भएको भनेर यकिन नभएको तथा तथ्याँकहरु आउने गरेको बताए ।
उनले २५ राउण्ड बढी नै फायर भएको हुन सक्ने अनुमान लगाए । गोली फायर भएको उनले स्वीकारे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…