मातृकाले भने,–'धनुषाका डिएसपी मिश्र केपी ओलीका छोरा हुन्'
नेता यादवलाई जनकपुरको प्रादेशिक अस्पतालबाट एम्बुलेन्स मार्फत थप उपचारको लागि काठमान्डौं पठाईएको हो ।

२०७७ माघ २२ बिहीबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा प्रचण्ड समूहका नेता एवम् पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले धनुषाका डिएसपी मकेन्द्र मिश्रलाई केपी ओलीका छोराको सँज्ञा दिएका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका यादवले डिएसपी मिश्रकै आदेशमा प्रहरीले प्रदर्शनकारी उपर बर्बरता गरेको आरोप लगाउँदै उनलाई ओलीको छोराको धर्म निर्वाह गरेको बताए ।
आज धनुषा प्रहरी र नेकपाबीच जनकपुरको शिवचोकमा भएको झडपको क्रममा घाईते भएका नेता यादवले प्रदर्शन समान्य भएको बेलामा मिश्र आएर लाठीचार्जको आदेश दिएको उनले आरोप लगाए ।
“सबै कुरा ठिक चल्दै थियो । प्रदर्शनकारी आफ्नो बाटो जाँदै थिए । डिएसपी मकेन्द्र मिश्रलाई मैले भनेपनि की झगडा गराउन लाग्नु भएको ? अनि त्यतिकैमा आदेश दिएपछि प्रहरीहरुले लाठीचार्ज गर्न थाल्यो ।”– उनले भने ।
प्रादेशिक अस्पतालमा उपचारको क्रममा नेता यादवले धनुषाका डिएसपी मकेन्द्र मिश्रकै आदेशमा झडप भएको आरोप लगाए । उनले भने,–“देशमा प्रहरीमा केपी ओलीका धेरै छोराहरु छन्, त्यसमध्ये मकेन्द्र मिश्र पनि छन्, छोराहुनुको धर्म निर्वाह गरेको छ उनले ।”
नेता यादवलाई जनकपुरको प्रादेशिक अस्पतालबाट एम्बुलेन्स मार्फत थप उपचारको लागि काठमान्डौं पठाईएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…