खजुरीमा भएको फुटबल प्रतियोगितामा कमला नगरपालिका विजयी
कमला युवा सँजालका खेलाडीहरुले मैदानमा उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ । समापन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका

२०७७ माघ २० मंगलबार, राति ८:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको लक्ष्मीनारायण युवा क्लबद्धारा आयोजित नगरस्तरीय फुटबल प्रतियोगितामा कमला नगरपालिका विजयी भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित मैदानमा मँगलबार कमला नगरपालिकाको विश्वकर्मा युवा क्लब र शहिदनगर नगरपालिकाको पचहर्वाबीच भएको सो खेलमा कमला नगरपालिका वडा नं. २ तेलियाहाका टिमले १–० अन्तरगोलले विजयी भएको हो ।
तोकिएको समयभित्र दुवै टिमले दमदार प्रदर्शन गरेपनि गोल भने गर्न सकेनन् । समय पश्चात रेफ्रीले दिएको पेनाल्टीको समयमा मात्र विश्वकर्मा युवा क्लबले १ गोल बढी गरी विजयी भएको हो ।

कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादवले खेलाडीहरुलाई प्रोत्साहन गर्न मैदान पुगेका थिए भने कप जितेपछि खेलाडीहरुलाई हौसला समेत प्रदान गरेका थिए । कमला नपा वडा नं. २ तेलियाहा स्थितको विश्वकर्मा युवा क्लबलाई वडाध्यक्ष यादवले जर्सी र खेल समाग्री सहयोग गरेका थिए ।
सोही क्रममा कमला युवा सँजालका पदाधिकारीहरुले समेत आफ्ना नगरका खेलाडीहरुलाई हौसला बढाएका थिए । सँजालका अगुवा विमलेश यादव सहित अन्य पदाधिकारीहरुले खेलाडीहरुलाई हौसला प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गरेको प्रति बधाई समेत दिएका थिए ।
कमला युवा सँजालका खेलाडीहरुले मैदानमा उत्कृष्ट प्रदर्शन गरेको जनाइएको छ । समापन कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अयोधी दास, उपप्रमुख भारती कार्की, कमला नगरपालिका वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, पूर्व फुटबल खेलाडीहरुसहित दर्शकहरुको मोटो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…