सिरहामा ओली आउँदा राजा शैली, स्थानीयलाई घरभित्रै थुने प्रहरी, ४ पक्राउ !
सर्वसाधारणहरुलाई सुरक्षाकर्मीहरुले ४ घण्टा अगाडीदेखि नै दुःख दिन थालेपछि ओलीलाई शाही शैली प्रदर्शन गरेको गुनासो गरिएको छ ।

२०७७ माघ १९ सोमबार, दिउँसो २:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहामा आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन हुने भएपछि शाही (राजा) शैली प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री ओलीको आगमन हुने भएपछि सुरक्षामा खटेका प्रहरीहरुले सर्वसाधारणहरुलाई घरभित्रै थुनिदिएका छन् । दैनिक कार्यको लागि पनि सडकमा हिडने सर्वसाधारणलाई समातेर घरभित्र थुनिदिएका गुनासो स्थानीयहरुले गरेका छन् ।
आज सिरहा जिल्लाको सदरमुकाम सिरहामा नेकपा सिरहाले आयोजना गरेको शहिद हेम नारायण यादवको १७ औं स्मृति सभालाई सम्बोधन गर्न सिरहा आएपछि हजारौंको सँख्यामा प्रहरी परिचालन गरि सर्वसाधारणलाई दुःख दिएको छ ।
लोकतन्त्रमा पनि आम सर्वसाधारणहरुलाई सुरक्षाकर्मीले घरभित्र थुन्नुका साथै सडकबाटो हिडने सर्वसाधारणलाई पनि हिडन मनाही गरेको हो । यसका साथै, जाडोमा आ–आफ्नो घरको छतमा पनि भएका सर्वसाधारणलाई छतबाट भगाउँदै सुरक्षाकर्मीले छत कब्जा गरेका हुन् ।
दिउँसो ३ बजेतर्फ प्रधानमन्त्री ओली सिरहा पुग्ने कार्यक्रम तय भएको हो । यसअघि पहिले सिरहा नै जाने कार्यक्रम रहेको भनिएपछि अहिले धनुषाको ढल्केवरमा नेपालकै सबभन्दा ठुलो विद्युत सव स्टेशन उदघाटन गर्न पुगेका हुन् । करिब १ घण्टा ३० मिनेट ढल्केवरमा सम्बोधनपछि सिरहा जाने कार्यक्रम रहेको छ ।
यसका साथै, प्रधाममन्त्री ओलीको आगमनपछि कालो झण्डा देखाउने तयारी गरेका युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिलेसम्म ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । सिरहाका युवाहरुले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने तयारीको बारेमा सुराकी लागेपछि प्रहरी सक्रिय भएको हो ।
सर्वसाधारणहरुलाई सुरक्षाकर्मीहरुले ४ घण्टा अगाडीदेखि नै दुःख दिन थालेपछि ओलीलाई शाही शैली प्रदर्शन गरेको गुनासो गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…