जनकपुरः नेपाल प्रहरीद्धारा मुर्गा पक्राउ
सिमानाकामा कोविड १९ का साथ साथै भारतमा फैलिदै गरेको रोग नेपालमा नफैलियोस् भनेर थप सतर्कता अपनाइएको छ भने प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

२०७७ माघ १८ आइतबार, बिहान ९:२८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले भारतबाट चोरबाटो भएर ल्याउँदै गरेको मुर्गामुर्गी (कुखुरा) पक्राउ गरिएको छ । प्रहरीले भारतबाट चोरेर नेपालतर्फ ल्याउँदै गर्दा पक्राउ गरेको हो ।
कुखुरा सहित २ जना तस्करलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले भारबाट लुकीछिपी बोर्डर पार गर्ने बेलामा पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले ८७ वटा कुखुरा कुुखुरी पक्राउ गरेको हो ।
तस्करीको सूचना पाए लगत्तै सीमा प्रहरी चौकी लग्मा, जटहीबाट प्रहरी नायव निरीक्षक मनु श्रेष्ठको कमाण्डमा खटिएको टोलीले नगराईन नगरपालिका ६ लहरनीयाबाट २ ओटा मोटरसाइलकल सहित ८७ वटा बोईलर कुखुरा बरामद गरेको हो । आजको टुडे एक्सप्रेसमा समाचार प्रकाशित छ ।
प्रहरीका अनुसार कुखुरा ढुवानीमा प्रयोग भएको ज १० प ८३३३ नम्वरको नेपाली प्लेट र वि आर ३२ एफ ९५२६ नम्वरको २ ओटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।
तस्करीमा संलग्न नगराईन नगरपालिका – ६ लग्मा बस्ने फर्मान साफी र भारतको मधुवनी ग्राम पञ्चायत हरलाखी –५ का २२ वर्षीय भरत मंण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानको प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको कुखुरा पशु क्वारेन्टाइन कार्यालयमा जनकपुरधाममा पठाइएको प्रहरी नायव निरीक्षक मणु श्रेष्ठले बताए । बर्डफ्लु रोग भित्रिएसँगै नेपाल सरकारले भारतीय सिमापारीबाट पंक्षीजन्य वस्तु आयतमा रोक लगाएको अवस्थामा नेपाल स्थित सिमानाकामा खटिएका सुरक्षानिकायले कडाई गरे लगतै भारतीय कुखुरा सहित तस्करहरू धमधम पक्राउ पर्न थालेका छन्।
सिमानाकामा कोविड १९ का साथ साथै भारतमा फैलिदै गरेको रोग नेपालमा नफैलियोस् भनेर थप सतर्कता अपनाइएको छ भने प्रवेशमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
संवेदनशील अवस्थामा अबैध कुखुरा तस्करीमा संलग्न जो कोहीलाई पनि कानुन बमोजिम कडा कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश राणाभाटले बताए ।
राणाभाटले यस कार्यलाई सघाउन समेत नागरिक समाजलाई आग्रह गरे। भारतबाट ल्याइने कुखुराको सेवनले बर्डफ्लु जस्तो गम्भीर किसिमका रोग लाग्नसक्ने चिकित्सकको भनाइ छ ।
खुल्ला सिमानाका कारण प्रहरी प्रशासनको आँखा छली भारतवाट तस्करी भइरहेको र कुनै स्थानमा प्रहरी प्रशासनकै मिलोमतोमा तस्करी हुने गरको जनगुनासो छ । भनेर टुडे एक्सप्रेस दैनिकमा समाचार प्रकाशित छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…