जनकपुर आउँदै ओली
प्राधिकरणका कर्मचारीहरु शुक्रबारदेखि नै तयारी तीव्र रुपमा पारेको हो ।

२०७७ माघ १७ शनिबार, बिहान ११:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली जकनपुर आउने भएको छ । पर्सी (सोमबार) धनुषाको ढल्केवर आउने कार्यक्रम तय भएको जनाइएको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको ढल्केवरमा नयाँ निर्माणाधीन ४०० केभिए क्षमता विद्युत सव–स्टेशनको उदघाटन गर्न प्रधानमन्त्री धनुषाको ढल्केवर आउन लागेको हो ।
नेपाल विद्युध प्राधिकरणले निर्माण गरेको देशकै सबैभन्दा ठूलो सव–स्टेशनको उदघाटन गर्न प्रधानमन्त्री आउने भएपछि तयारी पनि सोही अनुरुप गरिएको हो । प्राधिकरणका कर्मचारीहरु शुक्रबारदेखि नै तयारी तीव्र रुपमा पारेको हो ।
भारतबाट आयात गरिएको बिजुलीको सव स्टेशन चालु भएपछि विद्युत समस्यामा कटौती हुने जनाइएको छ । देशकै ठुलो सव स्टेशन ढल्केवरबाट चारै तर्फ विजुली पुरयाउने उदेश्य राखिएको छ ।
सोमबार प्रधानमन्त्री ओली आउने भएपछि ढल्केवरको विभिन्न ठाउँमा स्वागतद्धार सहित विभिन्न स्वागत कार्यक्रमको आयोजना गरिएको हो । कर्मचारीहरुका अनुसार, ओली आएपछि हजारौं सर्वसाधारण समेत आउने भन्दै तयारी सोही अनुरुप गरिरहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…