लाईसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालको लागि स्थगित !
अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय र विचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।

२०७७ माघ १४ बुधबार, बेलुकी ७:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को परीक्षा अनिश्चितकालको लागि स्थगित गरिएको छ ।
मँगलबार अबेर रातीसम्म जनकपुर यातायात कार्यालयमा अख्तियारले छापामारी गरेपछि सबै परीक्षाहरु स्थगित गरिएको बताइएको छ । यातायात कार्यालय जनकपुरले एक सूचना प्रकाशित गरी लाईसेन्सको लिखित तथा ट्रायल परीक्षा समेत स्थगित गरिएको जानकारी दिएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरधामका निमित्त प्रमुख विरेन्द्र साहले बुधबार एक सूचना जारी गर्दै यस कार्यालयबाट हुने लिखित तथा प्रयोगात्मक परीक्षाहरु कार्यव्यस्तताका कारण अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएका छन् ।
सूचनामा आज बुधबारदेखि शुक्रबारसम्म लिइने सम्पूर्ण लिखित तथा प्रयोगात्मक परीक्षाहरु कार्यालयको कार्यव्यस्ताका कारणले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले हिजो मात्रै ७ घण्टासम्म अपरेशन गरेपछि २ लाख ७३ हजार ८ सय ५० रुपैयाँ सहित कार्यालयका एकजना कार्यालय सहयोगी र अर्का एक विचौलियालाई पक्राउ गरेको थियो ।
अख्तियारले कार्यालय सहयोगी भोगेन्द्र कापरलाई २ लाख २३ हजार ८ सय र विचौलिया राज किशोर भगतलाई ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो ।
.jpg)
सोही प्रकरणमा कम्प्यूटर अपरेटर तथा घुस प्रकरणको मुख्य नाइके मानिएको अनिल गिरी हिजैदेखि फरार भएका छन् । यातायात कार्यालय जनकपुरमा गिरी अवैद्य लाईसेन्सको लागि हजारौ रुपैयाँ लिएर तयारी गरि दिने गरेका थिए ।
मँगलबार ४ बजे अख्तियारको टोली कार्यालय पसेपछि अपरेटर गिरी फरार भएका छन् । उनको खोजी कार्य अख्तियारले गरिरहेको अख्यितार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले जनाएको छ ।
परीक्षा स्थगित भएको सूचना जारी गरेपछि लाइनमा रहेका तथा तिथि तय भएका सेवाग्राही चालकहरु बिच्चलीमा परेका छन् । उनीहरुले भरेको फारामपछि समय आएपनि स्थगित हुँदा मार्कामा परेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…