मिर्चैया ट्राफिकले दुई महिनामै असुल्यो साढे १२ लाख राजस्व
राजमार्गमा निगरानी बढाउँदा सडक दुर्घटनामा पनि कमि आएको मिर्चैयाका ट्राफिक असई तथा इन्चार्ज डम्बर दियालले बताए ।

२०७७ माघ १३ मंगलबार, बिहान ९:२२ बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा । सिरहाको मिर्चैया ट्राफिक प्रहरीले सवारी चेकजाँचका क्रममा पछिल्लो दुई महिनामा मात्रै साढे १२ लाखबढी राजस्व असुली गरेको छ ।
चालु आर्थिक वर्षको मंसिर ८ गतेदेखि हालसम्म (दुई महिना ४ दिन) मा मात्रै १२ लाख ५५ हजार राजस्व असुलेको हो । सवारी चेकजाँच गर्दा ट्राफिक नियम पालना नगर्ने ठूला तथा साना गरी २१ सय ५० सवारीलाई कारबाही गरी सो रकम संकलन गरिएको मिर्चैया ट्राफिक प्रहरीले जनाएको छ ।
कारबाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने, ओभरलोड बोक्ने, सीट बेल्ट तथा हेल्मेट नलगाउने, बिलबुक र रोड परमिट नबोक्ने, लाइसेन्स नभएको, प्रयोजन विपरित चलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने, अवस्था ठीक नभएको सवारी साधन लगायतका छन् ।
राजमार्गमा निगरानी बढाउँदा सडक दुर्घटनामा पनि कमि आएको मिर्चैयाका ट्राफिक असई तथा इन्चार्ज डम्बर दियालले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…