सबैलामा काङ्ग्रेस प्रवेशको लहर
कार्यक्रममा पुर्व सांसद दिनेश प्रसैला,पुर्व सांसद ,मुक्ता यादव,पुस्पालाता लामा, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल , जिल्ला सचिव संतोश यादव,ऋषि लामा,बिनोद दिपलामा, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

२०७७ माघ १२ सोमबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैलामा विभिन्न पार्टीबाट सयौं युवा कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट र जसपा पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् । काङ्ग्रेस प्रवेश गर्नेहरुमा सय भन्दा बढी नेकपाका युवा नेता तथा कार्यकर्ता तथा जसपाका नेता, कार्यकर्ता रहेका छन् । सयौंको सङ्ख्यामा युवाहरु काङ्ग्रेस प्रवेश गरेका हुन ।
काँग्रेसका वडा सभापति सैदुल मियाको अध्यक्षता तथा पूर्व पुर्व मन्त्री तथा केन्द्रिय सद्स्य आनन्द प्रसाद ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा युवाहरु काँग्रेस पसेका छन् ।
उनीहरुलाई केन्द्रिय सद्स्य तथा पूर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा प्रत्यासी आनन्द प्रसाद ढँगानाले स्वागत गरे ।
धनुषाको सबैला नगरपालिका ८ ठिल्लामा आयोजित पार्टी प्रवेश समारोहमा नवप्रवेशी नेता तथा कार्यकर्तालाई नेता ढुंगानाले अबीर, टिका गमछा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा सम्बोधन गर्दै पुर्व मन्त्री ढुँगानाले भने, ‘धनुषा सबैलामा नेकपाका गलत राजनीतिक चरित्रका कारण यहाँ जनता समस्यामा परेका छन् ।’ विगतका राना र हेम बहादुर प्रवृत्ति देखाउन खोजेको र यस्तो प्रवृत्ति देखाए अब आफू चुप लागेर नबस्ने पनि उनले बताए ।
‘कम्युनिस्ट गरिबको पार्टी भएपनि वर्तमान समयमा लुटने मात्र काम जस्तै रुपले अगाडि बढिरहेको छ ।
पुर्व सांसद दिनेश प्रसैला यादवले भने,झ लोकतन्त्र ,प्रजातन्त्र , पार्टीमा प्रवेश गर्नु भएकोमा नवप्रवेशी लाई स्वागत गरे साथै कम्युनिस्ट पार्टी अहिले सम्म बिश्वको नम्बर १ भ्रस्टाचारिमा सब भन्दा अगाडि रहेको बताए । अहिले चुनाव गराउन ३० अर्व रुपैयाँ बिनाकारण खर्च गरेको सरकार यस्ता लाई समयमा जनता जाग्नु पर्ने भन्ने बताए ।
कार्यक्रममा पुर्व सांसद दिनेश प्रसैला,पुर्व सांसद ,मुक्ता यादव,पुस्पालाता लामा, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डल , जिल्ला सचिव संतोश यादव,ऋषि लामा,बिनोद दिपलामा, लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…