घरैबाट चोरी भएको मोबाईल प्रहरीले खोजेर मालिकलाई दिए
सिरहाको लहान नगरपालिका वडा नं. १ कृष्णटोल बस्ने रेडियोकर्मी विजय साहको घरबाट मोबाईल चोरी भएको थियो । मोबाईल चोरी भएपछि उनले प्रहरीमा सबै प्रमाण सहित उजुरी गरेका थिए ।

२०७७ माघ १० शनिबार, राति ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक सँचारकर्मीको मोबाईल घरैबाट चोरी भएपछि प्रहरीले उनलाई मोबाईल खोजेर दिन सफल भएको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. १ कृष्णटोल बस्ने रेडियोकर्मी विजय साहको घरबाट मोबाईल चोरी भएको थियो । मोबाईल चोरी भएपछि उनले प्रहरीमा सबै प्रमाण सहित उजुरी गरेका थिए ।
उजुरीपछि अनुसन्धान गर्दै जाँदा प्रहरीले सो मोबाईल फेला पारी उनलाई जिम्मा लगाएको छ । मोबाईलसँगै घरबाट चोरी भएको अन्य कागजातहरु समेत फेला पारेको बताइएको छ । शनिबार साहलाई लहानका डिएसपी शरत थापा क्षेत्रीले मोबाईल खोजेर दिएका हुन् ।
डिएसपी क्षेत्रीको नेतृत्वमा उनको टिम सहितले चोरी भएको मोबाईल आईएमआई नम्बरबाट ट्रेस गरी खोज्न सफल भएको हो । मोबाईल चोर्ने व्यक्ति पनि प्रहरीको गिरफ्तमा रहेको छ भने अगाडीको अनुसन्धान गरिरहेको जनाइएको छ ।
स्मार्टफोन हराउँदा प्रहरीमा खवर गरेपछि प्रहरीले साईबर ब्यूरो मार्फत खोज्ने गरेको छ । यद्यपी, मोबाईल हराउँदा कहिले पनि नभेटने आम नागरिकमा बुझाईछ , तर प्रहरीकोमा सबै प्रमाण सहित निवेदन दिएपछि स्मार्टफोन प्रहरीले पत्ता लगाएर खोज्न सक्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…