फिल्म 'Bachchan Pandey' मा अक्षय कुमारको खतरनाक लुक्स
यसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।

२०७७ माघ १० शनिबार, दिउँसो ३:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलिवुडका सुपरस्टार एवम् चर्चित अभिनेता अक्षय कुमारको फिल्म बच्चन पाण्डे Bachchan Pandey को पहिलो लुक्स सार्वजनिक गरिएको छ ।
जसमा बलिवुड अभिनेता अक्षय कुमारको लुक्सलाई खतरनाक लुक्न भनिएको छ । उनको आउन लागेको फिल्म बच्चन पाण्डेमा अक्षय कुमारले नक्कली आँखा सहितको लुक्स लिएर आएपछि उनका फ्यानहरुले चर्चा गरेका छन् ।
केही बेर अघि मात्र अभिनेता अक्षय कुमारले मोस्ट अवेटेड फिल्म बच्चन पाण्डेको रिलिज मिति तय गर्दै पहिलो तस्विर पनि राखेका छन् । आफ्नो इन्स्टाग्राम अकाउण्टमा अक्षय कुमारले नक्कली आँखा लगाएको भिलेन जस्तै देखिने अवतार राखेका छन् ।
View this post on Instagram
अक्षय कुमारले इन्टाग्राममा राखेको करिब ३ घण्टामै २० लाख जनाले तस्विरलाई लाईक गरेको हो । बलिवुडमा अक्षय कुमारलाई सर्वहारा अभिनेता मानिएको छ । एब वर्षमा कम्तीमा पनि ४ वटासम्म फिल्म गर्ने अक्षय कुमार आगामी बर्ष जनवरी २६ का दिन बच्चन पाण्डे फिल्म रिलिज गर्ने मिति तय गरेका हुन् ।
अर्थात, पुरापुरी एक वर्षपछि उनको फिल्म बच्चन पाण्डे रिलिज हुने भएको छ । अक्षय कुमारले सार्वजनिक गरेको तस्विरमा उनले नक्कली आँखाका साथै, दाढी, चैन लगाएका छन्, जसले गर्दा केही फरक किरदारमा देखिएको छ ।
यसअघि गब्बर सिँहमा पनि दाढी राखेर गरेको अभिनयले बक्स अफिसमा धमाल मच्चाएका थिए भने उनका फ्यानहरुले फिल्म बच्चन पाण्डेको प्रतीक्षामा छन् ।
View this post on Instagram
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…