प्रदेश २: कारको ठक्करले बाघ मरेकै ठाउँबाट आज बाघले एकजनालाई जँगल लग्यो
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।

२०७७ माघ १० शनिबार, दिउँसो १:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । केही दिन अघि प्रदेश २ को पथलैया-अमलेखगँज सडकखण्डमा कारले बाघलाई ठक्कर दिएपछि मृत्यू भएकै सडकखण्डबाट आज (शनिबार) एकजनालाई बाघले उठाएर लगेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगञ्ज सडक खण्डबाट आज बिहानै एक जना पुरुषलाई आक्रमण गरी भित्री जँगलमा लगिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बाराका प्रहरी प्रवक्ता गौत्तम मिश्रका अनुसार, सडकमा हिडिरहेका पुरुषले पिसाब फेर्न सडकबाट जँगल ओर्लेपछि उनलाई बाघले लिएर गएको एक महिलाको बयानलाई उदृत गर्दै जानकारी दिए । अमलेखगञ्जबाट करिब १ किलोमीटर दक्षिण तर्फको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंका गरिएको छ ।
पुरुष पिसाब फेर्न जँगल तर्फ गएको र केही बेरपछि एक्कासी चिच्याएको महिलालाई उदृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीले खवर पाएलगत्तै जँगलमा पुरुषको खोजी कार्य तीब्र पारिएका जनाइएको छ ।
यता, निकुञ्जका प्रवक्ता रमेश यादबका अनुसार पुरुषलाई खोज्नको लागि हातीको सहारा लिइएको हो । जँगलमा ४ वटा हात्तीको सहारा लिएर उनको खोजबिन कार्य तीव्र पारिएको जनाइएको छ ।
निकुञ्जको हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ। पुरुषको पहिचान हुन सकेको छैन ।
हात्ती लिएर नेपाल सेना सहित वन कर्मचारीहरुले समेत खोजविनको लागि चारै तर्फ निस्केका हुन, यद्यपी अहिलेसम्म पुरुको बारेमा कुनै अत्तोपत्तो देखिएको छैनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…