जनकपुरः छोरी बिहेको लागि ऋण लिँदा साहुले बेचिदिए ऋणीको जग्गा
तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए ।
२०७७ माघ १० शनिबार, बिहान ८:४४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ गौरीपुरका देवकिशुन कामती छोरीको विवाह गर्न पैसा खोज्न थाले । छोरी विवाहको कुरा भइसकेकाले पैसाको जोहो गर्न कामतीलाई हम्मे हम्मे पर्न थाल्यो ।
गणेशमान चारनाथका साहु सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी समुन्द्री देवी ऋण दिन उनले आग्रह गरे। साहुले पैसा सहजै दिन मानेन्। जग्गा पास गर मात्रै े पैसा दिने साहुले अडान लिए । कामतीले २१ लाख ऋण लिएर सात कट्ठा घडेरी तीनै जना साहुको नाममा पास गरदिए ।
तीनै जना साहुसंग उनले ०७३ भदौंमा सात सात लाखको दरले लिएर श्रीमती विद्या कामतीको नाममा रहेको तेजनगरको ६ (क) किता नम्बर ४६४ का सात कट्ठा घडेरी पास गरिदिए । १८ लाख खर्चेर कान्छी छोरी पूनमको विवाह सम्पन्न गरे । बाँकी पैसाले घर निर्माण सुरु गरे। घर निर्माणका लागि त्यो पैसा अपुग भएपछि ०७३ असोज ६ मा उनले पुनः समुन्द्री र सतिशबाटै साढे सात लाखको दरले १५ लाख ऋण लिए । आजको टुडे एक्प्रेस दैनिकमा पत्रकार कमलेश ठाकुरले समाचार लेखेका छन् ।
सो रकमबाट घर निर्माण पूरा गरे। घर निर्माणको लागि १५ लाख लिएको बेला तेजनगरका ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा (खेत) साहु समुन्द्री र सतिशको नाममा रजिष्टरी पास गरे ।
ऋण लिएको एक वर्ष पछि काम्तीले दश कट्ठा खेत विक्रि गरी साहुलाई १७ लाख दिएर मिनहा गर्दिन र खेत फिर्ता गर्दिन आग्रह गरे। साहुले पैसा लिएर चार दिनपछि फिर्ता गर्दिने आश्वासन दिए । तर, दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा साहुद्वयले फिर्ता नगरी अर्काको हातबाट विक्री गरेपछि काम्ती न्यायको लागि भौतारिन थालेको छ ।
साहु रकम लिएर पनि जग्गा फिर्ता गर्न मानेनन् । जग्गा फिर्ता गरिदिने भनेर पटक पटक साहुले ढाँटे । करिब एक महिना अगाडी साहुले अन्य व्यक्तिको हातबाट जग्गा विक्री गरेपछि काम्ती चिन्तित छन्। ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमती भएपनि साहुले अर्काको हातबाट जग्गा बेचेपछि अन्यायमा परेका छन् ।
पीडित कामतीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा न्याय पाउनको लागि निवेदनसमेत दिएका छन्। तर उनी न्याय पाउने अवस्था छैन । कामतीले ३६ प्रतिशत ब्याज दरमा तीन गुणा बढीको तमसुक बनाएका छन् । जग्गासमेत पास गरेका छन् ।
सतिश, नन्दकिशोर र समुन्द्री गाउँघरका चर्का ब्याजी हुन् । जग्गा रजिष्टरी पास गर्नुका साथै कपाली गरेपछि मात्र ऋण दिन्छन् । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन्। उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कैयौं उजुरी परको स्रोतको दावी छ । तर प्रहरी प्रशासनले नै संरक्षणमा लागेको पीडितहरूको आरोप छ ।
तीनै जनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवको संरक्षण छ । ‘लिएको ऋण तिररे जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलायो। हिसाब गररे उनले ६८ लाख तिर्नुपर्ने सुनायो। म सहमत भए ।
तर ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम मेयर यादवले गरँे।’ मेयर यादवको संरक्षण पाएर (साहु)ले आफुमाथि अन्याय गरको े उनको भनाई छ भनेर जनकपुरबाट प्रकाशित हुने टुडे एक्सप्रेसको बर्ष १६ अँक ६५ मा सँचारकर्मी कमलेश ठाकुरले समाचार लेखेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
कमलेश ठाकुर
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…