अब लाईसेन्सको फाराममा कोटा सिस्टम हटयो, जति पनि फाराम भर्न सकिने
कोटा प्रणाली रहेको बेला दैनिक २०० मात्र दिँदै आउँदा ग्रामिण भेकबाट आउने सर्वसाधारणहरु कोटा फुल्ल हुँदा मारमा पर्दै आएका थिए, तर अब कोटा प्रणाली हटाएपछि उनीहरुले चाहेको बेला फाराम भर्न सकिनेछ ।

२०७७ माघ ९ शुक्रबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाईसेन्स) को फाराममा दिँदै आएको दैनिक कोटा प्रणाली हटाएको छ ।
आज (शुक्रबार) देखि यातायात व्यवस्था विभागले अनलाईन मार्फत भरिने लाईसेन्सको फाराममा कोटा प्रणाली हटाउँदै जतिबेला पनि जतिपनि फाराम भर्न मिल्ने बनाएको हो ।
यसअघि दैनिक रुपमा मोटरसाईकलको लाईसेन्समा एउटा कार्यालयको हकमा २०० कोटा मात्र दिँदै आएकोमा अब त्यो प्रणाली हटाएर दैनिक रुपमा जति पनि भर्न सकिने गरि खुल्ला गरिएको हो ।
यातायात व्यवस्था विभागले विहिबार एक सूचना जारी गर्दै अनलाईन फाराम भर्ने क्रममा प्राप्त हुने एसएमएस सेवा प्राविधिक कारणले बन्द गरिएपनि फाराम भर्दा आउने रजिष्ट्रेशन नम्बर सुरक्षित राख्न आग्रह गरेको हो ।

शुक्रबारदेखि नै खुल्ला हुने गरी लाईसेन्सको फाराम भर्दा समय र कोटा तोकिएकोमा अबदेखि जुनसुकै बेला पनि फाराम भर्न सकिने तथा जति चाहे भर्न सकिने भएको छ । कोटा प्रणाली हटाएपछि आम सर्वसाधारण हर्षित भएको छ ।
कोटा प्रणाली रहेको बेला दैनिक २०० मात्र दिँदै आउँदा ग्रामिण भेकबाट आउने सर्वसाधारणहरु कोटा फुल्ल हुँदा मारमा पर्दै आएका थिए, तर अब कोटा प्रणाली हटाएपछि उनीहरुले चाहेको बेला फाराम भर्न सकिनेछ ।
फाराम भर्नको लागि लिंक : License Online Form
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…