अब जानकी मन्दिर र मडवामा यस्ता 'टिकटक' बनाए हुन्छ कारवाही
यस्तो गतिबिधि गर्नेलाई स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी(प्रशासन तथा ब्यवस्थापन समितिले किन अहिले सम्म कारबाही किन गर्न सकेको छैन ? भन्दै प्रश्न समेत अगुवा साहले गरे ।

२०७७ माघ ८ बिहीबार, दिउँसो २:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर र सँगै रहेको विवाह मण्डप (मडवा) मा अश्लिल खाले कुनै प्रकारको टिकटक भिडियो बनाए कारवाही गर्ने निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषालाई एक पत्र लेख्दै जानकी मन्दिर लगायत विवाहमण्डपमा हुने अश्लिल खाले गतिविधि उपर निगरानी र गस्ती गर्न निर्देशन दिएको हो ।
हिन्दुको र जनकपुरधामको ईतिहास बोकेको महान धार्मिक स्थल जानकी मन्दिर तथा विवाह मणडपमा विगत केही वर्ष देखी अश्लिल गतिविधि गरिरहेको व्यापक जनगुनासो बढेपछि स्थानीय अगुवा गणेश साहले दिएको निवेदनलाई मध्यनजर गर्दै सो निर्देशन दिएको हो ।
.jpg)
विगत केही दिनदेखि जानकी मन्दिर लगायत अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरुमा किशोर किशोरीहरुले अश्लिल खाले हर्कत र भिडियो बनाउँदै गरेपछि चौतर्फी ध्यानाकर्षण भएको हो ।
हिन्दु धर्मावलम्बीहरुको धार्मिक आस्थामा ठेस पुग्ने गरी केही युवायुवतिले समेत सार्वजनिक ठाउँमा गर्नुनपर्ने जस्ता हर्कतहरु गर्दै आएको भन्दै गणेश साहले प्रशासन गुहारेका हुन् ।
यस्तो गतिबिधि गर्नेलाई स्थानीय सरकार, प्रदेश सरकार, प्रहरी(प्रशासन तथा ब्यवस्थापन समितिले किन अहिले सम्म कारबाही किन गर्न सकेको छैन ? भन्दै प्रश्न समेत अगुवा साहले गरे ।
केही दिनअघि केही किशोर किशोरीहरुले जानकी मन्दिर र मडवामा गएर सार्वजनिक स्थलमै चुम्बन गरेको भिडियो टिकटक प्लेटफार्ममा हालेपछि नागरिक समाजको ध्यानकर्षण भएको थियो । कक्षा ८,९ मा पढने किशोरकिशोरीहरुले यस्ता खाले हर्कत गर्ने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…