यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना वीरगँज रिफर !
उक्त यात्रुबसमा सवार बाँकी १२ जना सकुसल रहेका घटना स्थलमा खटिएको शसस्त्र प्रहरी वल वेस क्याम हरिवनले जनाएको छ।

२०७७ माघ ८ बिहीबार, बिहान ९:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । प्रदेश नम्बर २ मा आज बिहानै यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने अन्य १७ जना घाईते भएका छन् ।
पूर्व–पश्चीम राजमार्ग अन्तर्गत सर्लाही हरिबनमा विहिबार बिहानै भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गम पर्ने हरिवन नगरपालिकाको वडा नं. ४ स्थित सशस्त्र प्रहरी वेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ भने अर्काको उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यू भएको हो ।
उपचारको लागि विरगन्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।
दाङबाट काँकडभिट्टा तर्फ हिडेको ना. ५ ख. ४४८८ नम्बरको यात्रुबस आफै अनियन्त्रित भई रोड देखि १० मिटर तल पल्टिदा बसमा सवार ३० जना मध्ये एक जनाको घटना स्थलमा र एक जनाको उपचारको लागि बिरगंज लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।
चालक सहित ५ जनाको अवस्था गम्भीर रहेका कारण न्युरो अस्पताल बिरगंज उपचारको लागि पठाइएको अरु ३ जनाको नमुना अस्पताल हरिवनमा र ९ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भई रहेको प्रहरीले जनाएको छ।
आज (बिहिबार) करिब ०४ः५० बजे भएको दुर्घटनामा मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३६ की राज कुमारी चौधरी र दाङको राप्ती बस्ने बर्ष २३ की रिता चौधरी रहेको जनाइएको छ ।
यस्तै, दुर्घटनामा परी गम्भिर घाईते भएका बस चालक रुपन्देही बुटवल बस्ने बर्ष ३५ को अर्जुन ज्ञावली, बस सह–चालक बर्ष २३ को किशोर सुबेदी, दाङकी राप्ती बस्ने बर्ष २३ की रिता चौधरी, बर्ष २३ की निर्मला चौधरी, महोत्तरी बस्ने बर्ष ३५ को बसन्त कुमार ठाकुर, बारा बस्ने बर्ष ३० की सरिता चौधरीलाई वीरगँज स्थित न्यूरो हस्पिटलमा रिफर गरिएको हो ।
उक्त यात्रुबसमा सवार बाँकी १२ जना सकुसल रहेका घटना स्थलमा खटिएको शसस्त्र प्रहरी वल वेस क्याम हरिवनले जनाएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २५ जनाको टिम बनाएर उद्धार कार्यमा जुटेको बताइएको छ ।
दुर्घटनामा समान्य घाईते भएका दाङको राप्ती गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ४५ की आशा चौधरी, बर्ष २९की सुमित्र, बर्ष ३१को लक्ष्मी नारायण चौधरी, बर्ष २० कि अमृता चौधरी, बर्ष २२ की पुष्पा चौधरी , दाङ बस्ने बर्ष ४९ को अजय बहादुर पुन, बर्ष १८ को मितेश चौधरी, रुपन्देही बस्ने बर्ष ३० को सन्तोष पाण्डे, काठमाण्डौ बस्ने बर्ष ३७ को सन्तोश नकर्मीको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनामा अन्य समान्य घाईतेहरुको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…