माया, प्रेम, जादू, केवल २६ सेकेण्डमा, किन पर्यो मुद्दा ? ( भिडियो पनि)
न्यूज ब्यूरो || एजेन्सी, २ फागुन । माया, प्रेम, जादू, यी सबै केवल २६ सेकेण्डमा। एक यस्तो भिडियो क्लिप, जसले केरलकी एक युवतीलाई देशभरका युवकको सपना बनाइदियो। तर, जुन भिडियोलाई हेर्न करोडौं मानिस मरिहत्ते गरिरहेका छन् जसलाई बनाउने तयारी कसरी भएको थियो र भिडियो बनाउन कति समय लाग्यो होलारु यो प्रश्नको ज

२०७४ फागुन २ बुधबार, बेलुकी ६:३४ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो ||
एजेन्सी, २ फागुन । माया, प्रेम, जादू, यी सबै केवल २६ सेकेण्डमा। एक यस्तो भिडियो क्लिप, जसले केरलकी एक युवतीलाई देशभरका युवकको सपना बनाइदियो।
तर, जुन भिडियोलाई हेर्न करोडौं मानिस मरिहत्ते गरिरहेका छन् जसलाई बनाउने तयारी कसरी भएको थियो र भिडियो बनाउन कति समय लाग्यो होलारु यो प्रश्नको जवाफ स्वयं प्रियाले दिएकी छन्।
बीबीसी हिन्दीसँग कुरा गर्दै उनले भनिन्, ‘निर्देशकले अन द स्पट बताएका थिए की केही गर्ने हो। मलाइ भनिएको थियो क्युट जस्तै केही गर्ने हो।’
भिडियो यस्तो छ
तर यसो गर्न उनले कति पटक कोशिश गरिन्रु उनले भनिन्, ‘मैले एक पटक ट्राइ गरेँ त्यत्ति हो। र एकै शर्टमा ओके भयो। तर मैले यतिधेरै भाइरल हुन्छ भन्ने सोचेकी थिइन्।’
यसको सबै श्रेय निर्देशकलाई जाने प्रियाले बताइन्। ‘यो जादू निर्देशकले नै सृजना गरेका थिए। उनले नै मलाइ कसरी गर्ने भनेर सिकाएका थिए।’
प्रियाको भिडियोलाई खिसी गरेर बनाएका भिडियो समाजिक संजालमा भाइरल भए। सो विषयमा उनले भनिन्, ‘धेरै ट्रोल भएका छन्। निकै राम्रा पनि छन्। यतिधेरै सेलेब्रिटीसँग ट्रोल बनिरहनु खुशीको कुरा हो।’
प्रिया केरलको त्रिचुरमा बस्छिन्। उनका बुवा सेन्ट्रल एक्साइजमा काम गर्छन्। प्रियाकी आमा गृहिणी हुन्। र, उनको परिवारका सानो भाइ र हजुर आमा हजुर बुवा पनि छन्।
प्रिया हाल शहरको कलेजमा बीकम गरिरहेकी छन्। यसअघि उनले तीनवटा शर्त मुभिमा काम गरिसकेकी छन्। उनलाई अभियन गर्ने रुची पहिलादेखि नै थियो।
‘फिल्म मेरालागि राम्रो अवसर थियो र मैले त्यसको सही सदुपयोग पनि गरेँ। अब मेरो फिल्म आयो भने मलाइ यस्तै भाग्य र सहयोगको आवश्यक छ,’ उनले भनिन्।
उनले आफू सबै भाषामा बन्ने फिल्ममा ट्राइ गर्ने र बलिउड त आफ्नो सपना भएको बताइन्। संजय लीला भंसालीको फिल्ममा काम गर्ने आफ्नो इच्छा भएको बताउँदै उनले आफ्नो इच्छा दीपिका पादुकोणसँग भेट्ने रहेको बताइन्।
हिन्दी फिल्ममा काम गर्ने अवसर मिल्यो भने रणवीर कपूर, शाहरुख खान वा सिद्धार्थ मल्होत्रासँग काम गर्ने इच्छा रहेको बताइन्।भ्यालेन्टाइन डेको आसपास उनको भिडियो भाइरल भएको छ।
उनले आफ्नो भ्यालेन्टाइन रोशन भएको बताइन्। रोशनको अर्थ रोशन अब्दुल रहूफ हुन्, जो भिडियोमा देखिएका छन्। तर वास्तविक जिन्गदीमा उनका कोही पनि केटा साथी छैनन्।
१८ वर्षीया प्रिया शास्त्रीय नृत्यको तालिम लिइसकेकी छन्। अहिले उनी संगीतको अध्ययन पनि गरिरहेकी छन्।
आगामी दिनमा फिल्ममा काम गर्ने र पढाइलाई पनि सँगै अगाडि बढाउने योजनामा प्रिया छिन्।
‘यो मेरो सुरुवातले म धेरै खुशी छु। तर, अब अगाडिको यात्रा कसरी तय गर्ने भन्ने विषयमा केही सोचेको छैन,’ उनले भनिन्। प्रियालाई यात्रा गर्न र गीत गाउन मनपर्छ।
किन परयो मुद्दा ?
एक मलायालम फिल्मको गीतमा आँखा झिम्क्याएर भाइरल भएकी युवती प्रिया प्रकाशलाई यही गीतले समस्यामा पारेको छ । उनीविरुद्ध हैदराबाद प्रहरीमा उजुरी दर्ता भएको छ ।
मुस्लिम युथ ग्रुपले उनीविरुद्ध हैदराबादको एक प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो । उजुरीमा मुस्लिम युथ ग्रुपले उनको यो गीतले मुस्लिमको भावनामाथिप्रहार गरेको उल्लेख गरिएको छ । यथउ ग्रुपको उजुरीमा भनिएअनुसार यो गीत सुन्दा निकै राम्रो छ ।
तर,गीत मलायालम भाषामा भएकोले नबुझेपछि यसको अंग्रेजी अनुवाद गराइएको र अनुवादमा यसको अर्थ बुझेको बताइएको छ । यो गीतको शब्द मुस्लिम भावनाविरुद्ध भएकोले गीत प्रतिबन्ध लगाउनुपर्ने उजुरीमा माग गरिएको छ ।
उजुरीमा उल्लेख गरिएअनुसार गीतको अंग्रेजी अनुवाद यस्तो हुन्छ ।
A woman like the pearl flower
Her highness Khadeja Beebi
In the holy city of Macca
She lived like a Queen
Asked Khathimun Nabi
Sent as in charge of trade
At the first sight of him
She desired him
After completing the expedition
Blessed Rasulullah came back
To marry the Prophet
was the Bibi desire
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…