प्रदेश २ का यी थप ३ जिल्लामा बालबालिकाहरुलाई भत्ता दिइने
भत्ताको लागि आमावुवाको नागरिकताको प्रतिलिपी, ५ वर्षमुनिका बच्चाको जन्मदर्ताको प्रमाणपत्र, आमावुवाको विवाहदर्ताको प्रमाणपत्र लगायतका कागजातहरु उपलब्ध गराउनुपर्ने भएको छ ।

२०७७ माघ ६ मंगलबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले वृद्धवृद्धाहरुलाई वृद्ध भत्ता दिँदै आएकोमा अब बालबालिकाहरुलाई पनि भत्ता दिने निर्णय गरेको छ ।
नेपाल सरकारको गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पँजीकरण विभागले एक सूचना जारी गर्दै ५ वर्ष मुनिका बालबालिकाहरुलाई पोषण भत्ता दिने निर्णय गरेको हो ।
गत पुस १० गते विभिन्न ११ जिल्लामा बालबालिकाहरुलाई पोषण भत्ता विस्तार गर्ने निर्णय अनुसार प्रदेश नम्बर २ को ३ वटा जिल्लामा समेत बालबालिकाहरुलाई पोषण भत्ता दिने भएको छ ।
.jpg)
प्रदेश २ को धनुषा जिल्ला, बारा जिल्ला र सप्तरी जिल्लामा ५ वर्षमुनिका बालबालिकाहरुलाई पोषण भत्ता उपलब्ध गराउने भएको छ । यसअघि विभिन्न जिल्लामा रु. ४०० का दरले प्रत्येक महिना प्रदान गर्दै आइरहेको बालपोषण भत्ता अनुदान विस्तार गरी थप ११ वटा जिल्ला पुरयाएको छ । जसमा प्रदेश २ बाट २ वटा जिल्ला परेको हो ।
बालपोषण भत्ताको लागि सम्बन्धित नगरपालिका वा गाउँपालिकाको वडा कार्यालयमा गएर आवश्यक कागजातहरु पेश गर्नुपर्ने बताइएको छ ।
भत्ताको लागि आमावुवाको नागरिकताको प्रतिलिपी, ५ वर्षमुनिका बच्चाको जन्मदर्ताको प्रमाणपत्र, आमावुवाको विवाहदर्ताको प्रमाणपत्र लगायतका कागजातहरु उपलब्ध गराउनुपर्ने भएको छ ।
#bal_Posan_Bhatta
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…