के, डा. सिके राउतलाई पहाडले पत्याउँला ?
राउत राजनितीको मूलधारमा आउदा मधेश केन्द्रित दल समाजवादी र राष्ट्रित जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनितिक विशलेषकहरुको अनुमान रहेको देखिन्छ। समाजवादी र राजपा नेपाल अब समाप्त हुने तर्क दिई राख्दा यसै कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक संजालमा समेत देख्न थालिए पनि यसको उतरमा राजपा नेपाल र समाजवादीका नेता आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन।
२०७७ माघ ६ मंगलबार, दिउँसो ३:०५ बजे६ मिनेट पढाइ

पृथ्कतावादी सिद्वान्त बोकेर मधेशलाई अलग देश बनाउने अभियानमा लागेका जनमत पार्टीका संयोजक चन्द्रकान्त राउत (सिके राउत) वर्तमान अवस्थामा राजनितिको मूलधारमा आएका छन्।
स्वतन्त्र मधेश गठबन्धन स्थापना गरी नेपालबाट मुक्ति पाउने र मधेशलाई छुट्टै देश बनाउने र आफ्नै सेना,झण्डा र राष्ट्रियगान राख्ने भनिएको राउत आफ्नो देशकोलागि हिन्दिमा राष्ट्रियगान समेत लेखिसकेका थिए। जसकारण राउत पटक पटक कारागार चलान भएको कुरा स्मरणीय नै रहेकोछ।
विशेष अदालत र सर्वोच्च अदालतबाट निर्दोष ठहर भए पनि पटक–पटक त्यसता अभियानका कारण प्रहरीले गिरफ्तार गरि राज्य विरुद्वको मुद्वा चलाई थुनामा राखेकै अवस्थामा नै वर्तमानको केन्द्रिय सरकारकामा रहेका नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवम् प्रधानमन्त्री खड्ग प्रसाद ओलि (केपी ओली) को साम्यवादी सरकारको प्रयासमा राजनितीका मूलधारमा आएका थिए।
राउत राजनितीको मूलधारमा आउँदा नेपाली राजनिती नै तरङ्गित भएको थियो। राजनितीको मूलधारमा आए लगतै पार्टीको नाम “जनमत पार्टी” दिई निर्वाचन आयोगमा दर्ता गराएका थिए। राजनितीको मूलधारमा आउनु अधि मधेश छुट्टै देश थियो र हामीलाई गुलाम बनाएको हो र हामी गुलामीबाट आजादी लिने भनि अभिव्यक्ति दिदै आएका थियो र विभिन्न कार्यक्रम गरी अभियान समेत चलाएका थियो।

यसका साथ–साथै स्थानिय, प्रदेश र संघीय चुनावमा कोठा भन्दा बाहिर मतदान गरि जनमत संग्रहको सुरुवात गर्ने समेत पनि अभियान चलाएका थियो। जस अन्तर्गत गाउँ गाउँमा स्वतनत्र मधेश गठबन्धनका कार्यकर्ताहरु कोठा बाहिर मतदान गर्नु भनि निर्वाचनका बेला सक्रिय भएको थियो। केहि ठाउँमा राउतका समर्थकहरु निर्वाचन बुथ नै बहिष्कार गरि मतदान स्थलमा एउटा पनि मतदाता नगई बुथ बहिष्कार गरेको सामाचार हामी विभिन्न सामाचारका माध्यमका अनुसर पढे सुनेको कुरा स्मरणीय नै छ।
यति हुदाँ हुँदै अचानक राजनितीको मूलधारमा आए पछि नेपाली राजनितीमा तरङग नै पैदा भयो तर तराई मधेशमा भूकम्प नै आएको मधेशीकोमा आभास भयो। स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र समर्थकमा यो के भयो के भयो भन्ने प्रश्न मात्र देखियो तर यसको उतर कसैसंग त्यति बेला थिएन। यसमै केहि अवसरवादी भनौ वा राजनितीमा आउनको लागि ठूलो अवसर पाउँदा निकै नै खुसि भए र राउतका प्रसंसा पनि गरे तर स्वतन्त्र गठबन्धनकै केहि समुहले राउतको यो निर्णय स्वीकारेन्न र राउतसंग अलग भए। उनिहरु अहिले पनि स्वतन्त्र मधेशकै र स्वतन्त्र नै रहेको दावी गर्दछन।
राउत राजनितीको मूलधारमा आउदा मधेश केन्द्रित दल समाजवादी र राष्ट्रित जनता पार्टी नेपाललाई हदसम्म असर पर्ने राजनितिक विशलेषकहरुको अनुमान रहेको देखिन्छ। समाजवादी र राजपा नेपाल अब समाप्त हुने तर्क दिई राख्दा यसै कारण समाजवादी र राजपा नेपाल एक हुन लागेको अभिव्यक्ति सामाजिक संजालमा समेत देख्न थालिए पनि यसको उतरमा राजपा नेपाल र समाजवादीका नेता आ–आफ्नै तरिकाले खण्डन गर्दै आएका छन।

प्रश्न नै प्रश्नको घेरामा रहेको राजपा समाजवादी बाहेक जनमतको लागि त्यति नै प्रश्न रहेकोछ र उठिरहेको देखिएको छ। राजनितिको मूलधारमा आउँदा मधेश केन्द्रित दल र मधेशीहरुले राउत माथि विभिन्न कोसिमका आरोप प्रत्यारोप लगाउदै आएका छन भने जनमतको भविष्य निर्वाचनमा नै मात्र हुने तर्क र प्रश्न आएको देखिन्छ।
राउत मधेश मूलका भएका व्यक्ति हुन्। अब प्रश्न यो छ कि के राउतलाई पहाडमा विश्वास गर्ने छन् ? कि राउत पनि रिजनल पार्टीको नेता भएर सिमित रहने छन ? कि हृदेश त्रिपाठिले भने जस्तै सानो तरकारी पसल खोलेर हामी बस्दैनौ र पार्टी हामी बनाउदैनौ। भनेको विपरित राउत सानो पसल खोलेर राजनिती गर्ने हो त ?
२०७६ मंसिरम १४ मा हुँदै गरेको उपनिर्वाचनमा सहभागि हुन मधेशबाट पहाड कास्कीको पोखरा प्रतिनिधीसभाको उपनिर्वाचनमा भाग लिन र उम्मेदवारी दिन गएका डाक्टर कृष्ण चन्द साह प्रस्तावक र समर्थक नै नपाए पछि निरास मुद्रक लिई घर फर्केका थिए।
मनोनयको लागि साह प्रस्तावक र समर्थक नै पाएन्न। उम्मेदवारीका लागि एकजना प्रस्तावक र समर्थक स्थानियको आवश्यक पर्दछ। जनकपूर वडा नम्बर १४ का स्थानिय साहले समर्थक नपाउँदा गुनासो गरेको थियो।

साह मधेशी मूलका नेता पहाडलाई पनि चाहिएको हो भनेर उम्मेदवारी दिन गएका थिए। तर, उनि समर्थक र प्रस्तावक नै पाएन्न । जबकी साह माथि कुनै पनि किसिमको राज्य विरुद्वको अपराधको अभियोग पनि लागेको थिएन । जब कि राउत माथि राज्य विरुद्वको अभियोग समेत लागेका छन र विखण्डनकारी भनि पुरै पाडले चिन्छन।यसमा अब के राउतले समर्थक पाउनेछनरु के राउटलाई पहाडले विश्वास गर्ने छन् ? भन्ने यस्ता प्रश्न उठनु स्वभाविक देखिन्छ।
यस्तैमा अब राजनित दललाई राष्ट्रिय पार्टी हुन थ्रेस होलड तोकदा साना देखि ठूला पार्टी आफ्ना खाक जोगाउन र राष्ट्रिय पार्टी हुन फटाफट एकीकरण गर्न थालेका छन। नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल कम्युनिष्ट पार्टी एमाले एकीकेण गरि नेपाल कम्युनिष्ट पार्टी त्यस्तै नेपालि काङ्रेसले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकसंग , संघीय समाजवादी फोरम नेपाल नयां शक्तिसंग एकीकरण गरि समाजवादी , ६ पार्टी सम्मिलित राष्ट्रिय जनता पार्टी नेपाल , त्यसतै रिजवान अंसारीको नेपाल संघीय समाजवादी पार्टी पनि स–सना पार्टीसंग एकीकरण गर्दैछन्। साँझा पार्टी र विवेकशिल नेपालि र राप्रपा जस्ता पार्टीले एकीकरण गरे पनि धेरै दिन टिकन सकेन्न तर एकीकरणको प्रयास सबै पार्टी ले गरेको हो समाजवादी र राजपा नेपाल बीच पनि एकता भइसकेको छ।
राष्ट्रिय पार्टीको रुपमा भन्नु पर्दा (नेकपा औपचारिक रुपमा विभाजन नभए सम्म), नेपालि काङ्रेस, जनता समाजवादी मात्र रहेको छ। पूर्व प्रधानमन्त्री समेत रहि सकेका र राजनितीको अनुभव लिईसकेका पुराना खेलाडि डाक्टर बाबुराम भट्टराई ज्यूले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सक्नु भएन भने के राजनितिका नयाँ खेलाडी डाक्टर राउत आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सक्नु हुनेछ ? यदी बनाउन सक्नु हुन्न भने के गर्नु हुन्छ ? कि डाकटर बाबुराम भट्टराई ज्यू जस्तै एउटा सिट जितेर बिवश भएर कुनै पार्टीसंग एकीकरण गर्नु हुन्छ ?
(1).jpg)
यदि एकीकरणको बाटोमा हिडनु हुन्छ भने डाक्टर राउतको एकीकरणको संग हुने प्रश्न नउठने होईन ? राजपा नेपाल र समाजवादीका कार्यकर्ता अनुसार जनमत पार्टी नेकपाको भातृ संगठन रहेको अरोप लगाउँछन्। कारण काठमान्डौंबाट सँचालित केही अनलाईन मिडियाले प्रोपागाण्डा हिसाबले भएपनि ओलिलाई मधेशमा सिके राउतको साथ शिर्षक सामाचार देखि पढि रहेका छौ। यस्तोमा के जनमतको एकीकरण नेकपासंग हुन सक्छरु कि ओलि समुहसंग गठबन्धन गरेर निर्वाचनमा जानेछन् ?
मंसिर १४ गते भएको उपनिर्वाचनमा महोतरी जिल्लाको पिपरा गाउपालिमा गाउपालिका प्रमुखको लागि निर्वाचन हुँदा जनमत पार्टी पनि आफ्नो उम्मेदवारी दर्ता गराएको कुरा हामी पटक पटक सामाचारमा सुनेका थियौं। तर जनमतको भक्तपुर र कास्की लगायत अन्य ठाउँकोलागीको उम्मेदवारीको सामाचार सुन्न पाएका थिएनौ।
यसको अर्थ जनमत पार्टी पुनः आउदो निर्वाचनमा पनि केहि सिमित ठाउमा प्रतिशपर्धा गर्ने छन। जसको सामान्य अर्थ वहाको पार्टी केन्द्रिय पार्टी बन्ने होईन र दुई तिहाई पनि ल्याउने होईन ? दुई तिहाईको त कुरै छोडौ बहुमतमा पनि आउन सक्नु हुन्न। जसकारण वहा संविधान संशोधन गराउन सक्नु हुन्न। र मधेशीको अधिकर दिलाउन सक्नु हुन्न ।
यसको अर्थ वहाँ पनि अरु मधेशी पार्टी र नेताको जस्तै हुनेछन। यदि यसतो भए अरु नेता र वहाँमा के फरक हुनेछन ? कि नेकपा संग पार्टी एकीकरण गरि संविधान संशोधन गराउनेछन् ? वा वहा पनि एउटा मन्त्रालय लिएर चुप बस्नेछन् ? यदि यसतो भएन भने के राउत आफ्नै पुरानो स्वतन्त्र मधेश गठबन्धन सिद्वान्तमा फर्कनेछन ? जनमतको निति, रणनिति र कार्यनिति के–कस्तो हुनेछन् ?
- राजा हुसैन
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
राजा हुसेन
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…