मधेशवादी दलका नेताहरु मधेशको लागि 'कालिया नाग' : डा. सिके राउत
सोही क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता अब्दुल खानले आफूलाई मधेशवादी दल भनाउने नेताहरुले अर्कैलाई बाउ बनाएको भनेर सम्बोधन गरे । उनले सत्ताको लागि, कुर्शीको लागि जेसुकै गर्न तयार रहने नेताहरुले मधेशीहरुलाई समय समयमा बलि चढाएको स्मरण गराए ।

२०७७ माघ ५ सोमबार, दिउँसो ४:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूलाई मधेशवादी दल भनाउनेहरु कालिया नाग (कालो र विषालु सर्प) को सँज्ञा दिएका छन् ।
सोमबार (आज) प्रदेश नम्बर २ को सिरहा जिल्लाको लहान स्थित आयोजना गरिएको १४ औं बलिदानी दिवसमा सम्बोधन गर्दै डा. राउतले मधेशको नाम भँजाएर सत्ताको लागि नागझै फन फैलाएर बसेको आरोप लगाउँदै उनीहरु मधेशको लागि कालिया नाग भएको बताएका छन् ।
उनले जनता समाजवादी पार्टीका नेताहरुलाई सँकेत गर्दै बारम्बार मधेश, मधेशी र मधेशी वीर शहिदको नाममा भोंट लिएर काठमान्डौं गएर बस्ने गरेको आरोप लगाउँदै अब अझै यीनीहरुको लागि आन्दोलनको कुनै आवश्यकता नरहेको बताए ।
.jpg)
उनले भने, –“अब लासको लागि आन्दोलन हुँदैन, अब मधेशीको नाममा आन्दोलन हुँदैन, अब सत्ताको लागि आन्दोलन हुँदैन, अब स्वार्थको लागि आन्दोलन हुँदैन, अब कुर्शीको लागि आन्दोलन हुँदैन, यी साँपहरुको लागि आन्दोलन हुँदैन, अब आन्दोलन हुन्छ भने यस्ता गद्दारहरुलाई मधेशबाट फाल्नको लागि मात्र हुन्छ ।”
बलिदानी दिवसमा डा. सिके राउतले सम्बोधन गर्ने भनेपछि विभिन्न जिल्लाबाट हजारौंको सँख्यामा ओर्लिएको जनसागरबीच डा. राउतले सम्बोधन गरिरहँदा तालीको गडगडाहटले उनीप्रतिको लगाव झल्काएको देखिएको थियो ।
उनले मधेशवादी दलका नेताहरुलाई गद्दारको सँज्ञा दिँदै पटक पटक मधेशी जनतासँग गरेको वाचालाई बिर्सेर आफ्नै मधेशीलाई गोली ठोक्न लगाई सत्ताको सिढी चढेको आरोप लगाए । उनले शहिद रमेश महतोको चर्चा रमेशको नाम भोंट भँजाएर सत्तामा पुगेका मधेशवादी दलका नेताहरुलाई कालो सर्पको सँज्ञा पनि दिए ।
डा. राउतले दलका नेताहरुलाई विभिन्न सर्पको सँज्ञा दिँदै भने,–“यीनीहरुलाई मधेशीहरुले जति दुध खुवाएपनि यीनीहरुले आखिर डँस्ने नै हो, अब यीनीहरुलाई दुध खुवाउने होईन, अब यीनीहरुलाई फाल्ने हो र यसको लागि सबैले तयार हुनुपर्छ ।”
उनले मधेशको नाम भँजाएर भोट मात्र माग्न आउनेहरुलाई झापा, कैलाली, कँचनपुर, सिरहा समेत थाहा नभएको बताए ।
सोही क्रममा जनमत पार्टीका केन्द्रीय सदस्य एवम् प्रवक्ता अब्दुल खानले आफूलाई मधेशवादी दल भनाउने नेताहरुले अर्कैलाई बाउ बनाएको भनेर सम्बोधन गरे । उनले सत्ताको लागि, कुर्शीको लागि जेसुकै गर्न तयार रहने नेताहरुले मधेशीहरुलाई समय समयमा बलि चढाएको स्मरण गराए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव सहित राजेन्द्र महतो लगायतका नेताहरुलाई नामै लिएर ओलीको एजेन्ट भएको आरोप लगाए । बारम्बर मधेशमा मधेशी शहिदको नाम भोट लिएर सत्तामा आसिन भएपछि मधेशीसँग विश्वासघात गरेको भन्दै यीनीहरुलाई कुर्शीको लोभ दिए पार्टीकै नाम ओली पार्टी राख्न बेर नलगाउने औल्याए ।
२०६२/०६३ को मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर सिरहाका रमेश महतो शहिद भएका थिए । सोही स्मरणमा प्रत्येक वर्ष माघ ५ गते सिरहाको लहानमा बलिदान दिवस मनाउँदै आएको छ ।
प्रदेश २ सरकारले पनि जनकपुरको उद्योग वाणिज्य सँघमा बलिदानी दिवस मनाएको छ भने डा. सिके राउतको कार्यक्रममा गाउँ गाउँबाट हजारौंको सँख्यामा सर्वसाधारणहरु ओर्लिएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…