हाम्रो समाजबाट विकृतिलाई हटाउनु पर्छ : इन्द्रजित गोइत
दाइजो प्रथा , महिला हिंसा , बलात्कार जस्ता घिर्नात्मक किर्याकलापहरु हाम्रो समाजमा देखा पर्छ ।
२०७७ माघ ४ आइतबार, राति ९:१४ बजे१ मिनेट पढाइ

अहिलेको यो आधुनिक युगमा हाम्रो समाजलाई अन्धकार तिर जादै हेर्दा कसलाई चित न दुख्दै होला ? हामी त्यो समाजमा छौँ जहाँ एउटा्ले अर्को मार्ने काम गर्छ ।
हामि बुझन सक्छौ समाजमा अहिले विभिन्न किसिमका समस्याहरु देखा पर्दैछ , उदाहरण हामीसंग प्रस्तत छ जस्तै बाल मजदुरि रमाउने र भविष्य बनाउने उमेरमा मजदुरी गरेर आफ्नो जिन्दगी चलाउछ , के यो हाम्रो समाज को विकृति हैन र ?
दाइजो प्रथा , महिला हिंसा , बलात्कार जस्ता घिर्नात्मक किर्याकलापहरु हाम्रो समाजमा देखा पर्छ ।
हामी जे कुरामा नि सरकारलाई दोष दिने गर्छौ , कहिले सोच्दैनौ हामिले देशको लागि के भुमीका निर्वाह गर्नु पर्छ जहिले नि आफ्नो गल्तीको दोष अरुलाई दिन्छौ । के बलात्कारिलाई सरकारले पाल्ने गर्छ ? पक्कै पनि हैन होला , हाम्रै समाजबाट कोइ बलात्कारका सिकार बन्छ र बनाउने पनि हाम्रै समाजको कोइ हुन्छ ।
सबै कुरा सरकार या अरु कोइले गर्दिने होइन , हाम्रो पनि केहि भुमिका छ जबसम्म यो कुरालाई मन्न गर्न सक्दैनौं तब सम्म हाम्रो समाज सहि बाटोमा जान सक्दैन । खैर विगतको कुरा छोडौ , के हामी युवा वर्ग हामी कर्तव्य इमानदारीसाथ निर्वाह गर्दैछै ?
कहिलेसम्म हामी यसै मौन बस्ने त ? आउदो पुस्ताको लागि असल नागरिकको रुपमा चिनिन्न पाउनु पर्यो । आउ अब सबै जना एक जुट भएर अनाय विरुद्धको लडाइँ लडौ ।
समाजको विकृतिलाई टाढा राखौं । आ-आफ्नो स्थानबाट देशको लागि केही राम्रो कुरा गर्नुछ अनि मात्र आउदो नयाँ नेपाललाई हेर्न पाउनेछौ । देशलाई समृधि , सक्षम र सान्ती बनाएर राखौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
ईन्द्रजीत गोईत
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…